एनसीसी बैंकलाई लाभांश वितरणको लागि बाटो खुल्यो

मंगलबार उच्च अदालत पाटनले एनसीसी बैंकका विरुद्ध परेको मुद्धा खारेज गर्दे लाभांश वितरणको बाटो खोलिदिएको हो ।
उच्च अदालत पाटनका मुख्य न्यायधिस कुमार चुडाल र न्यायधिस टेक प्रसाद ढुगांनाको संयुक्त ईजलासले एनबी ग्रुपले बैंकको विरुद्ध हालेका झण्डै आधा दर्जन मुद्धा खारेज गर्दे बैंकलाई अघि बढ्न बाटो खोलिदिएको हो ।
आर्थिक बर्ष ०७२/०७३ देखि बाँकि रहेको लाभांश वितरण गर्न एनसीसी बैंकलाई बाटो खुला भएको छ । बैंकलाई राष्ट्र बैंकले तोकेको आठ अर्ब चुक्ता पूँजी पुर्याउन करिब एक अर्ब बराबरको बोनस बाड्नु पर्ने बाध्यता छ ।
एनसीसी बैंकमा राष्ट्र बैंकले व्यवस्थापन सम्हालेदेखि एनबी ग्रुप लगायतले विभिन्न मुद्धा हाल्दै आएका थिए । एनबी समूहले एनसीसी बैंकमा बदमासी गरेर संचालकहरुबीचमा बिबाद भएपछि राष्ट्र बैंकले नियन्त्रणमा लिएको थियो ।

एनसीसीका विरुद्ध एपेक्ससँगको मर्जर खारेज गनुपर्ने, डिडिए गर्ने कम्पनीलाई कारबाही गर्नुपर्ने, मर्ज हुनु अगाडिको लाभांश वितरण नगरी हकप्रद बिक्री गर्न नपाउने लगायतका आधादर्जन मुद्धा परेको थियो । ति सबै मुद्धा उच्च अदालतले खारेज गरिदिएको हो ।

प्रतिक्रिया दिनुहोस्