पूँजी बजार मंगलबार पनि उकालो, नेपाल बैकको सबैभन्दा बढि कारोबार
काठमाडौं, ३१ बैशाख । पूँजी बजारमा मंगलबार पनि सुधार आएको छ । एक अर्ब ३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कूल १७० कम्पनीको ३१ लाख ६६ हजार कित्ता सेयरे मात्रामा किनबेच भएको छ ।
सो मध्ये सबैभन्दा बढी नेपाल बैंकको सेयर कारोबार भएको छ । बैंकको एकैदिन १० करोड रुपैयाँ बराबरको सेयर बिक्री भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ३१४ रुपैयाँ रहेको छ । त्यस्तै, शिवम् सिमेन्टको ८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
नेप्से परिसूचक दोहोरो अर्थात १४.१२ अंकले बढेर १३१५ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १.०८ प्रतिशत बढी हो ।
मंगलबार नेप्सेको कारोबार मापक सूचक १४।१२ अंकले बढेको छ। गत बिहिबार सूचक १२७७ अंकमा रहेको थियो। त्यस यता बजार लगातार बढ्दो क्रममा देखिएको छ।
११ सय अंकबाट बढेको बजारले दुई महिनामा २१४ अंकको बृद्धि कायम गरेको थियो। त्यसयता केहिदिन घट्दो क्रममा देखिएको बजार गत बैशाख २५ मा तल्लो बिन्दु १२७७ अंकसम्म ओर्लिएको छ।
मंगलबार १७० कम्पनीका ३१ लाख कित्ता शेयर एक अर्ब तीन करोड रुपैयाँमा कारोबार भएको छ। सबैभन्दा बढि नेपाल बैंक र शिवम् सिमेन्टको उच्च कारोबार भएको छ। १० करोड रुपैयाँको शेयर कारोबार गर्दै नेपाल बैक पहिलो भएको छ। आठ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार गर्दै शिवम् सिमेन्ट कारोबार रकमको आधारमा दोस्रो भएको छ।
१० प्रतिशतले राष्ट्रिय बीमा कम्पनीको शेयर मूल्य बढेको छ। कम्पनीको साधारण र संस्थापक दुबैको शेयर मूल्य बढेको हो।
नौ महिनामै एक अर्ब रुपैयाँ नाफा गरेको खबरसँगै शिवम् सिमेन्टको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ। मंगलबार पनि कम्पनीको शेयरमा बढ्दो क्रमको सर्किट लागेको छ। मंगलबार कारोबारमा आएका १२ समूहको कारोबारमा ट्रेडिङ बाहेक सबै उपसूचक बढेका छन्। ट्रेडिङ ०।०७ प्रतशतले घटेको छ।
त्यस्तै, मंगलबारको बजारमा राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । सोही कम्पनीका प्रमोटर सेयरधनीले एकैदिन ९.९९ प्रतिशत कमाएका छन् । त्यसैगरी, शिवम् सिमेन्ट कम्पनीको सेयर मूल्य ९.८६ प्रतिशतले बढेको छ ।















प्रतिक्रिया दिनुहोस्