आज प्रकाशित पत्रपत्रिकाहरुका मुख्य समाचारहरु

काठमाडौं, ३१ बैशाख । संघीय राजधानीबाट आज प्रकाशित पत्रपत्रिकाहरुले सार्वजनिक जग्गा दुरुपयोग, सहकारीको ठगी, प्रधानमन्त्रीको कम्बोडिया भ्रमण, संस्कृतिविद् सत्यमोहन जोशीको जन्मोत्सवलाई लगायत समाचारहरुलाई पत्रपत्रिकाहरुले प्राथमिकतापूर्वक प्रकाशित गरेका छन् ।

आजको कान्तिपुर राष्ट्रिय दैनिकले संस्कृतिविद् सत्यमोहन जोशीको नगरपरिक्रमाको तस्वी , बालुवाटार जग्गा अनुसन्धान गर्ने डीएसपी सरुवा, बालुवाटारस्थित ललिता निवासको जग्गा कब्जाबारे छानबिनमा संलग्न केन्द्रीय अनुसन्धान ब्युरोका डीएसपी कविद् कटुवालको सरुवा भएको कान्तिपुर समाचार प्रकाशित गरेको छ । डीएसपी कटुवाल रौतहटको इलाका प्रहरी कार्यालय, चन्द्रनिगाहपुर पठाइएको हो । त्यहाँ कार्यरत डीएसपी कुमुद् ढुंगाना छानबिनका लागि काठमाडौं तानिएपछि खाली स्थानमा उनलाई पठाइएको बताइएको छ ।

स्रोतको हवाला दिँदै कान्तिपुरले लेखेको छ– अनुसन्धानमा संलग्न भएकाले तत्काल सरुवा नगर्न प्रहरी नेतृत्वलाई व्युरो प्रमुख डीआईजी नीरज शाहीले अनौपचारिक अनुरोध गरेका थिए । व्युरोका एसपी दीपक रेग्मीको नेतृत्वमा भइरहेको ललिता निवास जग्गा प्रकरणको अनुसन्धानमा कटुवाल मुख्इ भूमिकामा छन् । सरुवाको अधिकार महानिरीक्षकमा निहित भए पनि गम्भीर प्रकृतिको अनुसन्धान प्रभावित हुनेगरी सरुवा गरिएको छ ।’

अन्तरजातीय बिहेपछि मोरङको मुसहर बस्तीले पानी नपाएको अर्को प्रसंग पनि कान्तिपुरको पहिलो पृष्ठमा छ । बूढीगंगा गाउँपालिका–२, सख्मा टोलका मुसहर अन्तरजातीय विवाहकै कारण पानी पाउनबाट वञ्चि भएका हुन् । स्थानीय सनी ऋषिदेव र सिर्जना थापामगरले भागी विवाह गरेपछि थापा परिवारले खानेपानीको सामूहिक ट्युबवेल उखेलेर फालेको कान्तिपुर समाचारमा उल्लेख छ । सहकारीको ठगी, मल अभावलगायतका विषयलाई पनि कान्तिपुरले आज प्राथमिकताका साथ उठाएको छ ।

त्यस्तै आजको अन्नपूर्ण राष्ट्रिय दैनिकले पशुपतिको जग्गा अतिक्रमणबारे समाचार पकाशित गरेको छ । पशुपतिको २३१ रोपनी जग्गा गायब भएको छ । ‘भनिन्छ, पशुपतिनाथले सबैको रक्षा गर्छन् । तर नेपालका भूमाफिया यति शक्तिशाली छन्, जसबाट पशुपतिनाथले आफ्नो जायजेथा रक्षा गर्न सकिरहेका छैनन् । पशुपतिका नाममा रहेको उपत्यकाकै कम्तीमा २ सय ३१ रोपनी १० आना जग्गा कहिले कसले खायो पत्तो छैन’ अन्नपूर्णले समाचारको लिड लाइनमा लेखेको छ ।

त्यस्तै आजको राष्ट्रिय दैनिक नागरिकमा मालपोतका कारण ललितानिवास जग्गा फर्काउन ढिलाइ भएको खबर छ । मालपोत कार्यालय डिल्लीबजारबाट साविक र अहिले कायम रहेको जग्गाको कित्तानम्बर एकमुष्ठ आइनसकेका कारण फिर्तासम्बन्धी निर्णयमा केही ढिलाइ भएको भूमि व्यवस्था मन्त्रालयका सचिव गोपीनाथ मैनालीलाई उद्धृत गर्दै नागरिकले समाचार लेखेको छ । ११ न्यायाधीश बेकामे भएकोदेखि अमेरिकी राजदूतले प्रेस स्वतन्त्रताबारे चासो राखेको सम्मका खबर नागरिकको प्राथमिकतामा परेको छ ।

त्यस्तै आजको राष्ट्रिय दैनिक गोरखापत्रले संस्कृतिको संरक्षण गर्नु सबैको कतवर््य राष्ट्रपति विद्यादेवी भण्डारीको भनाई मुख्य समाचार बनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणलाई मुख्य समाचार बनाई, नेपाल र कम्बोडियाबीच सम्झौता भएको लेखेको छ ।
त्यस्तै आजको राष्ट्रिय दैनिक राजधानीले गुठीको बेवारिसे जग्गाबारे समाचारलाई पहिलो पृष्टमा समाचार प्रकाशित गरेको छ ।
ऋाजको आर्थिक पत्रिका कारोबारमा भारतीय चुनावले नेपालमा परेको प्रभाव, बैंकको नाफा लगायतको समाचारलाई मुख्य समाचार बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्