अबको दुई महिना सम्ममा लाखभन्दा बढी बेरोजगारहरुले रोजगारी पाउने
काठमाडौ, ३१ बैसाख । एक लाखभन्दा बढी बेरोजगारले अबको दुई महिनाभित्र रोजगारी पाउने भएका छन् ।
बेरोजगारी सूचीमा दर्ता भएका १ लाख ६ हजार ८ सय ७२ जनालाई ३० दिन बराबरको रोजगार दिन परिपत्र समेत भैसकेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बेरोजगारलाई रोजगारी दिन विभिन्न स्थानीय तहलाई बजेट छुट्याएर पठाइसकिएको जनाएको छ ।
चालु वर्षको बजेटमार्फत सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ५ लाखलाई रोजगार दिने भनेको थियो । बजेटमा व्यवस्था भएअनुसार यही आर्थिक वर्षभित्र १ लाख भन्दा बढीलाई ३० दिन बराबरको रोजगारी दिन लागिएको हो ।
बेरोजगारलाई रोजगारी दिन सरकारले २ अर्ब ३६ करोड ७९ लाख ६९ हजार रुपैयाँ बराबरको रकम स्थानीय तहमा सशर्त अनुदानका रूपमा पठाएको छ ।
स्थानीय तहले न्यूनतम पाँच लाखदेखि एक करोड रुपैयाँसम्मको अनुदान पाएका छन् । कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना ९सञ्चालन तथा व्यवस्थापन० कार्यविधि स्वीकृत भएको भन्दै मन्त्रालयले बजेट कार्यान्वयनका लागि सबै स्थानीय तहलाई निर्देशन दिएको हो ।
सरकारले प्रत्येक परिवारका एकजना सदस्यलाई एक वर्षमा कम्तीमा सय दिन रोजगारी उपलब्ध गराउने र रोजगारी दिन नसके बेरोजगार भत्ता दिने निर्णय गरिसकेता पनि यो आ.वमा सय दिन उपलब्ध गराउन नसकिएकोले एक महिनाको लागि मात्रैको लागि बजेट पठाइएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्