त्रिवि सेवा आयोग कार्यालयमा विद्यार्थीहरूद्वरा तोडफोड, अवस्था यस्तो छ

काठमाडौँ, बैशाख २९ । त्रिभुवन विश्वविद्यालयको किर्तिपुरस्थित सेवा आयोगको कार्यालयमा आइतबार दिउँसो तोडफोड भएको छ ।

खुल्ला प्रतिस्पर्धाको परीक्षामा नातेदारलाई पास गराएको भन्दै असन्तुष्ट विद्यार्थीहरूको समूहले तोडफोड गरेको हो ।

महानगरीय प्रहरी वृत्त किर्तिपुरका अनुसार तोडफोडबाट सेवा आयोग कार्यालयमा क्षति पुगेको छ।नतिजा प्रकाशनमा असन्तुष्टि जनाउँदै नेपाल विद्यार्थी सङ्घ र नयाँ शक्ति विद्यार्थी युनियनमा आबद्ध विद्यार्थीले तोडफोड गरेको प्रहरीले जनाएको छ।

विद्यार्थीहरुले सेवा आयोगका अध्यक्ष चैतन्य शर्माको कुर्सी जलाएका छन् । ज्ञापन पत्र बुझाउने क्रममा उनीहरुले तोडफोड र कुर्सी जलाउने काम गरेका हुन् ।

तोडफोडमा संलग्न भएको आरोपमा नेविसंघका ५ जना विद्यार्थीलाई प्रक्राउ परेका छन्।

पक्राउ पर्नेहरुमा नेविसंघ कार्यकर्ताहरु केदार पाण्डे, श्याम ओझा, योगेन्द्र रावल, केआर पाण्डुलिपि, रोहित काफ्ले रहेको नेविसंघ त्रिवि इकाई सभापति हरि आचार्यले जानकारी दिए ।

सेवा आयोगले लिएको खुल्ला प्रतिस्पर्धामा त्रिविकै उच्च पदाधिकारी, विद्यार्थी संघसंगठनका पहुँचवाला नेता र विभिन्न राजनीतिक पार्टीका नेताका नातेदारहरूको नाम निस्किएको थियो। वैशाख १३ गते नतिजा सार्वजनिक गरिएको हो।

प्रतिक्रिया दिनुहोस्