अन्तिम चरणमा पुगेको भैरहवा विमानस्थलको काम फेरि ठप्प: सरकारको चरम लापरवाही

काठमाण्डौ , बैशाख २९ । अन्तिम चरणमा पुगेको भैरहवा विमानस्थलको काम फेरि ठप्प भएको छ । सरकारको लापरवाहीका कारण विमानस्थलको काम फेरि ठप्प भएको हो ।

काम गरेको रकम भुक्तानी नपाएको भन्दै चिनिया ठेकेदार कम्पनी नर्थवेष्ट युनाइटेड कम्पनीले आइतबार बिहानदेखि काम ठप्प पारेको नेपाल नागरिक उडड्नयन प्राधिकरणका निर्देशक प्रदीप अधिकारीले जानकारी दिए ।

अधिकारीले भने ‘प्राधिकरणमार्फत भुक्तानी हुनुपर्ने पैसा हामीले ठेकेदार कम्पनीलाई दिइसकेका छौं, तर एसियाली विकास बैंकमार्फत भुक्तानी गर्नुपर्ने पैसा रोकिएको छ, त्यै भएर आजदेखि ठेकेदारले काम रोकेको छ’ ।

आयोजनाले एसियाली विकास बैंकबाट पाउनुपर्ने १० करोड रुपैँयाभन्दा धेरै रकम पाएको छैन । एडीबीबाट भुक्तानी नपाउँदा मुख्य ठेकेदार नर्थवेष्ट युनाइटेडले सहायक ठेकेदारलाई अहिले सम्म पनि भुक्तानी दिन सकेको छैन ।

भैरहवा अन्तर्रा्ष्ट्रिय विमानस्थल राष्ट्रिय गौरवका आयोजना मध्यै सबैभन्दा राम्रो प्रगति भएको आयोजना हो ।

विमानस्थलमा अब जम्मा ५ सय मिटर धावनमार्ग पिच गर्न बाँकी रहेको छ । यस्तो अवस्थामा भुक्तानी रोकिएर काम ठप्प हुँदा ठूलो असर पर्ने आयोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्