प्रतिष्ठानद्वरा राजा बीरेन्द्रको ७३औं जन्म जयन्तीको स्मरणमा दिप प्रज्वलन

 

काठमाडौं । स्वर्गीय राजा बीरेन्द्रको ७३औं जन्म जयन्तीको अवसरमा स्वर्गीय राजा बीरेन्द्र शान्ति प्रतिष्ठानले विचार गोष्ठिका साथै दिप प्रज्वलन कार्यक्रम गरेको छ ।
प्रतिष्ठानले स्वर्गीय राजा बीरेन्द्र शान्ति क्षेत्र घोषणाका अभियन्ता, प्रवद्र्धक र बहुआयमिक व्यक्ति भएकाले उहाँको ७३औं जन्म जयन्तीको अवसरमा विचार गोष्ठिका साथै दिप प्रज्वलन गरिएको हो ।
कार्यक्रममा प्रतिष्ठनका अध्यक्ष शिवहरी खनालले स्वर्गीय राजा बीरेन्द्रको तस्विरमा माल्यार्पण गर्दै उनले स्व.राजा बीरेन्द्र सबै नेपालीको साझा र भावनात्मक राजा भएकाले उनको स्मरणमा विभिन्न कार्यक्रम गरि मनाईएको बताए । उनले स्वर्गीय राजा बीरेन्द्र शान्ति क्षेत्र घोषणाका प्रबर्धक र अभियन्ता भएकाले नेपालको शान्ति क्षेत्र घोषणामा उनको ठूलो योगदान भएको बताए । उनले स्व.राजा बीरेन्द्रले नेपाललाई शान्ति क्षेत्र घोषणा गर्नको लागि संयुक्त राष्ट्रसंघको सभामा प्रस्ताव गरेको र ११६ राष्ट्रले समेत यसमा हस्ताक्षर गरी सकेको बताउँदै त्यसमा छिमेकी मुलुक भारतले यसलाई अस्विकार गरेकाले आज यो अभिनायमा नै सिमित हुनु परेको बताए ।
कार्यक्रममा अभिवक्ता राजकुमार थापाले स्वर्गीय राज बीरेन्द्र शान्तिका अभियन्ताका साथै बहुआयमिक व्यक्ति भएको बताउँदै नेपाली जनताको लागि उनले गरेको योगदानलाई बिर्सन नहुने बताए ।
कार्यक्रममा प्रतिष्ठानका प्र.उपाध्यक्ष बल बहादुर बस्याल, उपाध्यक्ष बिनोद प्रसाद आचार्य, सचिव रन्जित धमला, कोषाध्यक्ष मधुकर शम्शेर जवरा, पत्रकार राजु भट्ट लगायतका पदाधिकारीहरुले स्वर्गीय राजा बीरेन्द्रको तस्बिरमा माल्यार्पण गर्दै आ–आफ्नो धारणा राखेका थिए ।
प्रतिष्ठानले स्वर्गीय राजा बीरेन्द्रको स्मरणमा जावलाखेल स्थित उनको सालीकमा माल्यार्पणका साथै दिप प्रज्वलन गरेको थियो ।
उहाँको २०५८ जेष्ठ १९ गते दरबार हत्याकाण्डमा परि स्वर्गारोहण भएको थियो ।

प्रतिक्रिया दिनुहोस्