यातायात व्यवसायी महासंघको राष्ट्रिय परिषद्को भेला सम्पन्न

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको राष्ट्रिय परिषद्को भेला सम्पन्न भएकोछ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको शुक्रबार काठमाडौंमा भएको परिषद्को भेलाले विधान संशोधन, आर्थीक प्रतिवेदन सार्वजनीक र आगामी राष्ट्रिय महाधिवेसनलाई भव्य, सभ्य र मर्यादित बनाउने लगायतका एजेण्डा पारित गरेकोछ ।
भेलाको उद्घाटन गर्दै महासंघका का.वा. अध्यक्ष डोलनाथ खनालले व्यवसायीका थुप्रै समस्याहरुलाई समाधानको लागि यातायात मन्त्रालय, अर्थ मन्त्रालय, प्रधानमन्त्रीको कार्यालय लगायत सम्बन्धित निकायहरुमा पहल गरिरहेको र केहि माग भने सम्बोधन भएको बताए । उनले सरकारले २० वर्षे पुराना गाडी हटाउने सवारी नीति लागू गर्दा व्यवसायीलाई क्षतीपूर्ति दिन आग्रह गरिएको बताए ।
सरकारले यातायात व्यवसायीमाथी अस्वस्थ्य प्रतिष्पर्धा गराउन खोजेको आरोप लगाउँदै का.वा. अध्यक्ष खनालले हरेक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको यातायात क्षेत्रलाई सरकारले सौदावाजीको व्यवहार गरेको बताए ।
भेलामा महासंघका महासचिव एवं प्रवक्ता पुण्य प्रसाद सिटौला (सरोज)ले कार्य प्रगित प्रतिवेदन २०७४ प्रस्तुत गर्दै महासंघलाई विभिन्न संकटपूर्ण अवस्थाबाट यहाँसम्म पुर्याउनको लागि महासंघले धेरै सघर्ष गरेको बताए । उनले मुलुलक संघियतामा गई सकेकाले यसलाई महासंघले पनि संघिय ढाँचामा लैजान र आगामी महाधिवेसनको तयारीको लागि यो परिषद्को भेला बोलाईएको बताए ।
भेलामा महासंघका कोषाध्यक्ष सुयश पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै विगतको दिनहरुमा महासंघलाई ठूलो आर्थिक संकट परेको बताए । उनले महासंघले आर्थिक प्रगतिलाई ध्यानमा राखि काम गरेको बताउँदै आगामी दिनहरुमा कोषलाई चुस्त दुस्त राखीने कुरा बताए ।
भेलामा लामो समयसम्म यातायात क्षेत्रमा काम गरेका प्रदेश सभा सदस्य श्रीप्रसाद मैनाली, भागवत प्रकश मल्ल, नगरपालीका प्रमुख लोकमान बुढाथोकी, नगरपालीका वाडा सदस्य नन्दलाल श्रेष्ठ, गाउँपालीका प्रमुख केदार खत्री लगायतलाई सम्मान समेत गरिएको थियो ।
राष्ट्रिय परिषद्को भेलामा भागलिन देशभरका संघ/संथा/प्रालिका अध्यक्ष सहितको पदाधिकारीहआएका थिए । महासंघको ५औं महाधिवेसन माघ १७ देखि १९ गेतसम्म चितवनको नारायणगढमा हुँदैछ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्