हिरासतमा आत्महत्या प्रयास गरेका घिसिङको मृत्यु, प्रहरीले लापरवाही गरेको पीडित पक्षको दावी

काठमाडौं, २८ बैशाख । इलाका प्रहरी कार्यालय रत्ननगरको हिरासतमा झुण्डिएर आत्महत्या प्रयास गरेका कालिका नगरपालिका १ चितवनका समीर घिसिङको मृत्यु भएको छ ।
घिसिङको सिएमएसमा उपचारका गएराति ११ः३० बजे मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनको शव अहिले भरतपुर अस्पतालमा राखिएको छ। चोरी अभियोगमा पक्राउ परेका समीर गत २६ गत्ते थुनुवाघर भित्रको बाथरुममा झुण्डिएर आत्महत्याको प्रयास गरेका थिए । गम्भीर अवस्थाका उनलाई सिएमएसमा उपचार गरीरहेको थियो ।

घटनापछि उनका आफन्त र स्थानीय बासिन्दाले प्रहरीको लापरवाहीले घटना भएको भन्दै प्रहरी कार्यालयमा तोडफोड गर्नुका साथै राजमार्ग अवरोध गरेका थिए । त्यस क्रममा प्रहरीले हवाइ फायर गर्नुका साथै केही सेल असुरग्यास प्रहार गरेका थिए । ३० भन्दा बढी प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शुक्रवार जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको सर्वपक्षीय बैठकले अनुसन्धानका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा १२ सदस्ययीय छानविन समिति गठन गरेको छ । यस्तै पीडित पक्षर प्रहरीबीच ५ बुँदे सहमतिसमेत गरेको छ । हिरासत जस्तो संवेदनसिशल स्थानमा मुत्यु हुन गम्भिर र हेलचेक्राई हो भन्दै पीडितपक्षको आक्रोस छ ।

प्रतिक्रिया दिनुहोस्