माओवादीले बुझायो प्रदेशसभा समानुपातिक सूची, को को अटाए?
काठमाडौं : नेकपा माओवादी केन्द्रले प्रदेशसभामा प्रतिनिधित्व गर्ने समानुपातिक उम्मेदवारको टुंगो लगाएको छ। माओवादीको उम्मेदवार छनोट समितिले शुक्रबार प्रदेशसभा समानुपातिक सांसदहरुको नामावली निर्वाचन आयोगमा बुझाएको हो। प्रदेशसभा सदस्यमा ३५ सिट पाएको माओवादीले प्रदेशसभा समानुपातिकको नामावली बुझाउने अन्तिम दिन शुक्रबार नामावलीलाई अन्तिम रुप दिएको हो। उम्मेदवार छनोट समितिमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादलका साथै सातवटै प्रदेशका संयोजक र इन्चार्ज रहेका छन्।
यी नामहरु निर्वाचन आयोगमा बुझाउन बाँकी रहेको माओवादी केन्द्रले जानकारी दिएको छ।
यी हुन् माओवादीबाट सातवटै प्रदेशसभामा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरु:
प्रदेश-१
१. सीता थेवे २. कुशुमकुमारी श्रेष्ठ ३. शौभाग्य राई ४. सरस्वती पोखरेल ५. उमिता विश्वकर्मा
प्रदेश-२
१. जगतप्रसाद यादव २. महम्मद समीर ३. रुवीकुमारी कर्ण ४. प्रमिला कुमारी यादव ५. फुलियादेवी सदा
प्रदेश-
३ १. दिनेश महर्जन २. आङदेण्डी लामा ३. ओम घलान ४. हिमाली गोले ५. प्रतिमा श्रेष्ठ ६. सीता अधिकारी ७. भावना सुवेदी ८. कञ्चन खनाल
प्रदेश-४
१. गायत्री गुरुङ २. मधु अधिकारी (गुरुङ) ३. दिलमाया रोकामगर (गोतम)
प्रदेश-५
१. गीता थापा २. दामाकुमारी शर्मा ३. पार्वती पुन (गहतराज) ४. लोटी थारु ५. दीपा बिक ६. सुष्मा यादव
प्रदेश-६
१. पुष्पा घर्ती बिष्ट २. सीताकुमारी नेपाली ३. विमला केसी ४. कृष्णा शाह प्रदेश-७ १. निर्मला बडाल (जोशी) २. कुन्ती जोशी ३. बिनिता चौधरी ४. शान्ति नेपाली
प्रतिक्रिया दिनुहोस्