सिभिल बैंकको सातौं र आठौं वार्षिक साधारणसभा सम्पन्न



काठमाडौ । सिभिल बैंक लिमिटेडको सातौं र आठौं वार्षिक साधारणसभा मिति २०७६ बैशाख २७ गते अमृतभोग, कालिकास्थान डिल्लीबजार, काठमाडौंमा सम्पन्न भएको छ । उक्त सभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम बैंकले आफ्ना शेयरधनीहरुलाई आर्थिक वर्ष २०७३/०७४ को मुनाफाबाट बैंकको चुक्तापूँजीको १०.२५ प्रतिशत का दरले हुनआउने रु. ७४,४०,७९,३१२.०८ (अक्षरेपी चौहत्तर करोड चालीस लाख उनासी हजार तीन सय बाह्र रुपैयाँ आठ पैसा मात्र) बराबरको बोनस शेयर वितरण गर्ने र ०.५४ प्रतिशत का दरले हुन आउने रु. ३,९१,६२,०६९.०६ (अक्षरेपी तीन करोड एकानब्बे लाख बैसट्ठी हजार उनन्सतरी रुपैयाँ छ पैसा मात्र) (कर प्रयोजनको) लागि नगद लाभांश वितरण गर्ने तथा आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट प्रतिशेयर ४.०५ प्रतिशत का दरले हुन आउने रु.२९,४०,०२,०६९.६५ (अक्षरेपी उन्नतिस करोड चालीस लाखदुई हजार उनानसत्तरी रुपैयाँ पैसट्ठी पैसा मात्र) नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभाले स्वीकृत गरेको छ।

साधारण सभाले बैंककोे संस्थापक शेयरधनीहरुको तर्फबाट ई.इच्छा राज तामाङ्ग, अम्बीर बोगटी, प्रतापजङ्ग पाण्डे तथा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रकाशतायल, शम्भु प्रसाद पन्त र युगेश बहादूर मल्ललाई संचालक पदमा आगामी चार बर्षको लागि निर्विरोध निर्वाचित गरेको छ ।
साथै सभाले आ.व. २०७५/०७६ को लेखापरिक्षण गर्नको लागि बिआरएस न्यौपाने एण्ड कम्पनीलाई लेखा परिक्षकमा नियुक्त गर्नुका साथै सिभिल बैंक लिमिटेड र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिन (मर्जर) वा प्राप्ति (एक्विजिसन ) गर्नहुन वा स्वदेशी/विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमती र सम्झौता लगायतका आवश्यक सम्पूर्ण कार्यहरु गर्न/गराउन संचालक समितिलाई पूर्ण अख्तियारीे प्रदान गर्ने निर्णय गरेको छ ।
सिभिल बैंकले आधुनिक प्रबिधि युक्त बैंकिङ्ग सेवा तथा सुबिधामा विशेष ध्यान दिंदै ग्राहक सेवालाइ निरन्तर रुपमा चुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको बैंकले जनाएको छ । हालसम्म बैंकको ७३ शाखाहरु रहेको र थप ३३ शाखाहरु विस्तारको क्रममा रहेको कुरा पनि बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्