कुमारी बैंकको वार्षिक साधारण सभा सम्पन्नः २१ प्रतिशत बोनस शेयर वितरण गर्ने



काठमाडौं, बैशाख २६ । कुमारी बैंक लिमिटेडले आफ्नो १७ औं तथा १८ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

साधारण सभाले शेयरधनीहरुलाई आ.व.२०७३/०७४ को लागि १२.७५ प्रतिशत बोनस शेयर र आ.व. २०७४/०७५ को लागि ८.५० प्रतिशत बोनस शेयर गरी जम्मा २१.२५ प्रतिशत बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

यो बोनस शेयर जारी पश्चात् कुमारी बैंकको चुक्ता पुँजी ८ अर्ब ६८ करोड हुनेछ ।

उक्त साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७३/०७४ र आ.व २०७४/०७५ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब, पूँजीमा भएको परिवर्तन लगायत वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरेको छ ।

आर्थिक वर्ष २०७५/७६ को चैत मसान्तसम्म बैंकले कुल निक्षेप ७७ अर्ब २९ करोड परिचालन तथा कुल कर्जा रकम ७३ अर्ब २४ करोड प्रवाह गरी संचालन मुनाफा १ अर्ब ४२ करोड तथा १ अर्ब खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

बैंकले काठमाडौं उपत्यका भित्र र बाहिर गरि ८८ शाखा संजाल, ८३ एटीएम्, ३ एक्स्टेन्सन काउन्टरका साथै ३ वटा शाखारहित बैंकिङ्ग इकाईमार्फत देशभरी आफ्ना सेवा प्रदान गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्