राष्ट्र बैंकका ५ निर्देशकको एकसाथ अवकास, बैंकको नियमित काममा असर पुग्ने

काठमाडौं, बैशाख २६ । नेपाल राष्ट्र बैंकमा एक साथ ५ निर्देशक रिक्त भएको छ । अबकास पाउनेमा नारायण पौडेल, नरबहादुर थापा, जनकबहादुर अधिकारी, भीष्म ढुंगाना र झलक आचार्य रहेका छन्।

यसरी एक साथ भएको ५ निर्देशकको अवकासले राष्ट्र बैंकको नियमित काममा समेत असर पुग्ने देखिएको छ ।

अनिवार्य अवकासका कारण शुक्रबार चार र एक साता पहिले एक जनाले बिदा लिएका हुन्।

जनक अधिकारीले भने एक साता पहिले नै बिदा लिएका हुन्।

प्रतिक्रिया दिनुहोस्