प्रि–बजेट छलफलः सरकारलाई राष्ट्र बैंक र पूर्वअर्थमन्त्रीहरुले दिए यस्तो सुझाव

काठमाण्डौ , बैशाख २६ । नेपाल राष्ट्र बैंकले आन्तरिक उत्पादन वृद्धिमा जोड दिएर आउँदो आर्थिक वर्षको बजेट ल्याउन सरकारलाई सुझाव दिएको छ ।

नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जिवि नेपालले आन्तरिक उत्पादन वृद्धिमा जोड दिएर आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकारलाई सुझाव दिएका हुन् ।

संघीय संसदको अर्थ समितिले बिहीबार काठमाण्डौमा आयोजना गरेको आगामी आर्थिक वर्षको ‘प्रि बजेट’ छलफल कार्यक्रममा बोल्दै उनले देशमा बढ्दो व्यापार घाटालाई कम गर्न पनि सरकारले आगामी आर्थिक वर्षको बजेटमा उत्पादन वृद्धिमा जोड दिनुपर्ने स्पष्ट पारे ।

देशमा अहिले सात खर्ब ८७ अर्ब व्यापार घाटा रहेको छ । गभर्नर नेपालले विप्रेषणको भर नपर्न पनि सरकारको ध्यानाकर्षण गराए ।

गभर्नर नेपालले देशमा आर्थिक गतिविधिलाई बढावा दिन पूँजीगत खर्च बढाउने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने आवश्यकता पनि औंल्याए ।

चालु आर्थिक वर्षको हालसम्म संघीय सरकारले ३५ प्रतिशत मात्रै पूँजीगत खर्च गरेको छ । गभर्नर नेपालले पूँजीगत खर्च बढाउने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकारसँग आग्रह गरे ।

गभर्नर नेपालले पूँजीगत खर्च बढाउने काम नगरे मुलुकमा आर्थिक गतिविधिले बढावा नपाउने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्