शेयर मार्केटमा २० अंकभन्दा धेरै सुधार, शिवम सिमेन्टको कारोबार उच्च

काठमाडौं, २३ बैशाख । घटपढ भईरहको शेयर मार्केट सोमबार भने २० अंकभन्दा धेरै सुधार आएको छ । पछिल्ला केही दिनमा निरन्तर ओरालो लागिरहेको बजार सोमबार बाउन्स व्याक भएर १३०० अंक नजिक पुगेको हो । ८ वाणिज्य बैंकमा कारोबार चाप धेरै पर्दा शिर्ष स्थानमा शिवम सिमेन्ट परेको छ ।

बजार खुलेदेखि नै उकालालो लाग्ने क्रममा २१.७३ अंकको सुधारसहित बन्द भएको हो । योसँगै बजार परिसुचक नेप्से १२९९।४१ अंकमा उक्लिएको छ । सोमबार १७२ कम्पनीका २० लाख ७५ हजार कित्ता शेयरहरु ६३ करोड ६३ लाख रुपैंयामा कारोबार भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा झण्डै डेढ करोड रुपैंयाको गिरावट आएको हो ।

अन्य समुहमा मात्र केही गिरावट देखिएको बजारमा बाँकी सबै समुहगत परिसुचकहरुमा सुधार देखिएको छ । बजारमा ठुलो हिस्सा ओगटेको वाणिज्य बैंक समुहमा २९.६१ अंकको सुधार आएको बजारमा जीवन बीमा समुहमा ७५.६९ तथा उत्पादन समुहमा ७३.३६ अंकको सुधार आएको छ । त्यसै गरी होटल समुहमा १९।८४ अंकको सुधार आएको बजारमा विकास बैंकमा १५।८६, व्यापारमा १०.३६, लघुवित्तमा १०.१७, निर्जीवन बीमामा ४.६६, जलविद्युतमा ३.३६ र वित्त समुहमा १.७६ अंकको सुधार आएको छ ।

शिवम सिमेन्टको अधिक शेयर कारोबार भएको बजारमा अधिक शेयर मूल्य बढ्ने कम्पनीको सूचीमा शिवम सिमेन्ट तेस्रो स्थानमा परेको छ । ४ करोड ९४ लाख रुपैंयाको शेयर कारोबार भएको शिवमको शेयरमूल्य ३० रुपैंया अर्थात ८।३८ प्रतिशतले बढेर ३८८ पुगेको छ ।

अधिक शेयर कारोबार हुने कम्पनीको दोस्रो स्थानमा परेको जनता बैंकको ३ करोड ८६ लाख रुपैंया बढीको शेयर कारोबार भएको छ । त्यसै गरी नेपाल बैंकको ३ करोड ८५ लाख, एनएमबी बैंकको ३ करोड १० लाख, प्रभु बैंकको २ करोड ४० लाख, नेको इन्स्योरेन्सको २ करोड २ लाख रुपैंयाको शेयर कारोबार भएको छ । एनआईसी एशिया बैंकको १ करोड ९० लाख रुपैंयाको शेयर कारोबार भएको बजारमा एभरेष्ट बैंकको १ करोड ६० लाख, कृषि विकास बैंकको १ करोड ५५ लाख र इन्भेष्टमेण्ट बैंकको १ करोड ४३ लाख रुपैंयाको शेयर किनबेच भएको छ ।

साल्ट ट्रेडिंगको शेयर मूबल्य १० प्रतिशतले बढेको बजारमा मल्टिप्रपोज फाइनान्सको पनि १० प्रतिशतले नै शेयरमूल्य बढेको छ । शिवम सिमेन्टको ८.३८ प्रतिशत, मेगा बैंकको ६ प्रतिशत, बैंक अफ काठमाण्डूको पौने ६ प्रतिशतले शेयर मूल्य बढेका छन् । ४ प्रतिशतको हाराहारीमा शेयर मूल्य बढ्ने कम्पनीहरुमा एशियन लाइफ इन्स्योरेन्स, जनता बैंक लगायतका कम्पनी परेका छन् ।

भर्खरै शेयर कारोबार खुलेको पाँचथर पावर कम्पनीको शेयर मूल्यमा अधिक गिरावट आएको छ । ६ प्रतिशतभन्दा धेरैले पाँचथर पावरको शेयर मूल्य घटेर २३९ रुपैंयामा ओर्लिएको छ । मिर्मिरे लघुवित्तको ५.५९ प्रतिशतले शेयर मूल्य घटेको बजारमा युनिभर्सल पावर कम्पनीको ३ प्रतिशत, सिद्धार्थ इक्विटी ओरियण्टेड स्कीमको झण्डै ३ प्रतिशतले शेयर मूल्य घटेको छ ।

आरम्भ माइक्रोफाइनान्स, रिडी हाइड्रो, स्वदेशी लघुवित्त, सानिमा इक्वीटी फण्ड, नागबेली लघुवित्त, सिनर्जी पावर लगायत कम्पनीको शेयरमूल्यमा धेरै गिरावट आएको छ । बजार तिब्र गतिमा उकालालो लाग्दा सोमबार ३६ कम्पनीको शेयरमूल्य घटेको छ । यसरी शेयर बजारमा आएको घटबढले लगानीकर्ताहरु आसा र निरासा दुबै बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्