रक्सौल–काठमाडौं रेलमार्ग अध्ययन सुरु

काठमाडौं, वैशाख २३ । केरुङदेखि काठमाडौंसम्म रेल ल्याउन चिनियाँ पक्षसँग छलफल भइरहेको बेला अर्को छिमेकी भारतका अधिकारीले रक्सौल–काठमाडौं रेलमार्गको अध्ययन थालेका छन् ।

काठमाडौंसम्म रेल ल्याउन दुई छिमेकी मुलुकको चासो देखिएपछि प्राविधिकले रेल चढ्ने नेपालीको सपना पुरा हुने अपेक्षा गरेका छन् । रेल विभागका सिनियर डिभिजनल इन्जिनियर अमन चित्रकारले केरुङ–काठमाडौं रेलमार्ग निर्माणबारे चिनियाँ पक्षसँग छलफल जारी रहेको बेला भारतीय अधिकारीहरुले रक्सौल–काठमाडौं रेलमार्ग निर्माणका लागि अध्ययन सुरु गरेको बताए ।

भारतीय अधिकारीहरुले काठमाडौं जोड्नलाई रक्सौलदेखि अध्ययन सुरु गरे पनि त्यसबारे विस्तृत जानकारी भने नेपाली पक्षलाई दिएका छैनन् ।

केरुङ–काठमाडौं रेलमार्ग निर्माणका लागि भने नेपाली र चिनियाँ अधिकारीबीच औपचारिक रुपमा तीन पटक छलफल भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्