पुनर्निर्माणका लागि १ खर्ब ५६ अर्बको बजेट पारित
काठमाडौं, वैशाख २३ । पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिले आगामी वर्षको लागि १ खर्ब ५६ अर्बको बजेट पारित गरेको छ ।
प्रधानमन्त्री निवास वालुवाटारमा आइतबार बसेको समितिको बैठकले बजेट पारित गरेको हो । पुनर्निर्माणको समग्र कार्यक्रमका लागि ६ खर्ब ३० अर्ब रुपैयाँ लाग्ने आँकलन गर्दै त्यसको योजनासहितको खाकासमेत पारित गरेको छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्प पीडित सबैलाई छानो र पुनर्निर्माणको काम शीघ्र सम्पन्न गर्ने निर्देशन दिएका थिए ।
अर्थमन्त्री युवराज खतिवडाले पुनर्निर्माणका लागि आवश्यक बजेटको समस्या नहुने बताए ।
प्रतिक्रिया दिनुहोस्