योजना आयोगलाई लेखेको पत्र सार्वजनिक भएपछि प्रधानमन्त्रीको सचिवालयमा खैलावैला
काठमाडौं, वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले राष्ट्रिय योजना आयोगलाई लेखेको पत्र सार्वजनीक भएपछि प्रधानमन्त्रीको सचिवालयमामा खैलावैला मच्चिएको छ । यसपछि त्यसलाई चिर्नबका लागि प्रधानमन्त्री ओलीको जानकारी बेगर लेखिएको उनको सचिवालयले स्पष्ट पार्न शुक्रबार एक विज्ञप्ति निकालेको छ ।
आफ्नो सचिवालयको लेटरप्याड प्रयोग गरेर प्रधानमन्त्रीको जानकारी बीना राष्ट्रिय योजना आयोगलाई पत्रचार गरिएकोमा प्रधानमन्त्री ओली आश्चार्यचकित भएको र भुलवस त्यस्तो पत्र आयोगमा पुगेको भन्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले शुक्रबार एक विज्ञप्तिमार्फत प्रष्ट्याएको हुन् ।
झापा क्षेत्र नम्बर ५ का योजनाहरु आगामी बजेटमा समावेश गर्न भन्दै प्रधानमन्त्रीको सचिवालयको लेटर प्याडमा राष्ट्रिय योजना आयोगलाई पत्र पठाएको थियो । तर, यो पत्रबारे स्वयं प्रधानमन्त्री ओली जानकार नभएको अर्यालको दाबी गर्दै विज्ञप्ति निकोलका छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार अर्यालले यो पत्र निजी सचिवालयले प्रधानमन्त्रीलाई जानकारी नदिई भूलबश योजना आयोगमा पठाएको दाबी गरेका छन् । अर्यालले शुक्रबार विज्ञप्ति जारी गर्दै सांसद सम्पर्क कार्यालय (झापा) मा संकलन गरिएको आयोजनाहरुको सूची प्रधानमन्त्रीको निर्देशन बेगर निजी सचिवालयबाट ‘भूलबश’ योजना आयोगमा पठाइएको बताएको छ ।
प्रधानमन्त्री स्वयं योजना आयोगको अध्यक्ष रहेकाले यो यो आयोजना समाजेश गरिदिनु भनेर पत्र लेख्ने वा निर्देशन नदिइने अर्यालको तर्क छ । अर्यालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मिडियामा प्रचारित त्यस पत्रको कुनै सान्दर्भिकता नरहेको वक्तव्यमार्फत प्रष्ट पार्न चाहन्छु ।’
प्रधानमन्त्रीको सचिवालय टीममा प्रेस सल्लाहकारको भूमिका निर्वाह गर्दै आएका अर्यालले पत्रको सान्दर्भिकता नरहेको बताए पनि प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले पत्र सार्वजनिक हुनासाथ राष्ट्रिय योजना आयोगका उच्च अधिकारीलाई फोन गरेर पत्र किन सार्व्निक गरेको भन्दै धम्की दिएको कुरो पनि स्रोतले बताएको छ ।
प्रधानमन्त्रीले आफ्नो चुनाव क्षेत्रमा योजना पार्न आयोगलाई थमाएको पत्र सार्वजनिक भएपछि बिहीबार साँझ नै बालुवाटारमा खैलाबैला मच्चिएको थियो । योजना आयोग स्रोतका अनुसार पत्रबारे प्रधानमन्त्रीको निजी सचिवालयबाट विष्णु रिमालले सोधखोज गरेका थिए ।
शुक्रबार अपराहृन प्रधानमन्त्रीका प्रेस सल्लाहकार अर्यालले पत्रको औचित्य नभएको मात्र होइन, प्रमको जानकारी बेगर पठाइएको बताएका छन्, जसले प्रधानमन्त्रीको सचिवालय एक कदम पछि हटेको प्रष्ट भएको छ ।
प्रतिक्रिया दिनुहोस्