प्रधानमन्त्री र भारतीय राजदूतबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री र भारतीय राजदूतबीच भेटवार्ता भएको छ ।प्रधानमन्त्री शेरबहादुर देउवा संग नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरीले शुक्रबार बिहान भेटवार्ता गरेका हुन। भेटमा समसामयीक राजनीतिबारे छलफल भएको बताइएको छ ।
कांग्रेसको कार्य सम्पादन समितिको बैठक चलिरहेका बेला भारतीय राजदूत पुरी बालुवाटार पुगेका थिए । राजदूत पूरी झण्डै आधा घण्टापछि बालुवाटारबाट बाहिरिएका थिए।
नयाँ सरकारका लागि मार्ग प्रशस्त गर्ने तयारी गरिरहेका बेला कांग्रेस सभापति एवम् प्रधानमन्त्री देउवा र राजदूत पुरीबीच भएको भेटलाई अर्थपूर्ण मानिएको छ ।
प्रतिक्रिया दिनुहोस्