समानुपातिकतर्फको सांसदको सूची बुझाउन दिएको समय आज सकिँदै

काठमाडौं । निर्वाचन आयोगले दलहरुलाई प्रदेशसभाका समानुपातिक सांसदको सूची बुझाउन दिएको समय शुक्रबार सकिँदैछ ।

आयोगले गएको शुक्रबार समानुपातिकतर्फ १३ दलले प्रदेशसभामा समानुपातिक तर्फबाट पाएको सिट संख्याका आधारमा नाम टुंगो लगाई एक हप्ताभित्र सूची पेश गर्न समय दिएको थियो ।

साटवटा प्रदेशका पाएका २ सय २० सिटमध्ये सबैभन्दा धेरै एमालेले ७५, कांग्रेसले ७२, माओवादी केन्द्रले ३५ जना सांसद पाएका छन् । त्यस्तै संघीय समाजवादी फोरमले १३, राजपाले १२, राप्रपा र विवेकशिल साझाले तीन तीन राष्ट्रिय जनमोर्चाले २ र अन्य पाँच दलले एक एक सिट पाएका छन् ।

ती सिटमा राजनीतिक दलले निर्वाचित हुने उम्मेदवारको नाम आयोगलाई सिफारिस गर्नुपर्छ । अहिलेसम्म एमाले र विवेकशिल साझाले मात्र प्रदेश सांसदको नाम टुंगो लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्