सरकारको नीति तथा कार्यक्रम आज संसदमा प्रस्तुत हुँदै

काठमाडौं, २० वैशाख । आर्थिक वर्ष ०७६/०७७ का लागि आफ्नो वार्षिक बजेटमा सरकारले आगामी नीति तथा कार्यक्रम आज संसदमा प्रस्तुत हुने कार्यक्रम तय छ ।
प्रि बजेटको छलफलपछि संसदमा बजेट प्रस्तुत गर्दै आएको नियमलाई तोड्दै सरकारले नीति तथा कार्यक्रम सार्वजनिक सङ्घीय संसद्मा संयुक्त रुपमा आफ्ना नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो ।

संघीय संसद सचिवालयका अनुसार, राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले तयार पारेको नीति तथा कार्यक्रम शुक्रबार अपराह्न ४ बजेपछि संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत कार्यक्र तय भएको छ । यसअघि बजेटपूर्वको छलफलपछि मात्रै नीति तथा कार्यक्रम सार्वजनिक गर्ने गरिएको थियो । तर, यसपटक बजेटबारेको छलफल अगावै नीति तथा कार्यक्रम सरकारले प्रस्तुत गर्न लागेको छ । यसलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले असन्तुष्टि प्रकट गरेको छ ।

सरकारको नीति तथा कार्यक्रमलाई विकासको आधार मानिन्छ । यसकै आधारमा सरकारले जेठ १५ गते प्रस्तुत गर्ने बजेट निर्माण गर्नेछ ।

सरकारले प्रस्तुत गर्न लागेको नीति तथा कार्यक्रममा अघिल्लो वर्ष देखिएका त्रुटिहरु सच्याउँदै अधिकाश कार्यक्रमलाई निरन्तरता दिने अनुमान गरिएको छ । गत वर्षको भन्दा थप जनमुखी कार्यक्रमहरुलाई पनि नीति तथा कार्यक्रममा प्रस्तुत गरिने सरकारले जनाएको छ ।

नीति तथा कार्यक्रम संसदमा प्रस्तुत भएपछि त्यसबारे छलफल हुनेछ । संघीय संसद् सचिवालयले बढीमा ३ दिनसम्म यसबारे छलफल चलाउने कार्यक्रम तय गरेको छ । छलफलका क्रममा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिएपछि त्यसको अनुमोदन प्रक्रिया अघि बढ्ने छ ।

प्रतिक्रिया दिनुहोस्