फेरी दुईवटा लघुवित्तको आईपिओ एकै पटक आउँदै

काठमाडौं, १९ बैशाख । नेपाली शेयर बजारमा कम्पनीहरुको एक पछि अर्काे साधारण शेयर ( आईपिओ) जारी गर्ने क्रम रहेको छ । एक हप्ता अघिमात्र दुई लघुवित्त र दुइवटै हाइड्रोपावर कम्पनीहरुले साधारण सेयर जारी गरेको थियो ।
फेरी जनसेवी लघुवित्त वित्तीय संस्था र स्वाभिमान लघुवित्त वित्तीय संस्थाले वैशाख २७ गते एकै दिनदेखी साधारण शेयर (आइपीओ) जारी गर्दै छ ।
जनसेवी लघुवित्त वित्तीय संस्थाले कुल ४ लाख ६३ हजार ३०० कित्ता आइपीओ निष्कासन गर्न लागेको हो । यसमध्ये २३ हजार १६५ कित्ता सेयर समूहिक लगानी कोष र ७ हजार १४५ कित्ता सेयर कर्मचारीलाई छुट्याइएको छ । बाँकी रहेको ४ लाख ३२ हजार ९९० कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला हुनेछ ।

संस्थाको आइपीओ वैशाख ३१ गतेसम्म भर्न सकिनेछ । यस अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा भने जेठ २६ गतेसम्म भर्न सकिनेछ । सी–आस्वाको माध्यमबाट सेयर भर्न सकिनेछ । यो आइपीओले औसत भन्दा तल जनाउने ‘इक्रा एनपी ग्रेड ४’ रेटिङ दिएको छ । कम्पनीले जारी पुँजी १४ करोड ४३ लाख ३० हजार रुपैयाँको ३२.१०५ सेयर बिक्री गर्न लागेको हो ।

जनसेवीले चालु आर्थिक वर्षको अन्त्यसम्म १ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरको छ । यस्तै, आव २०७६।७७ मा ३ करोड २० लाख र आव २०७७।७८ मा ५ करोड ५१ लाख रुपैयाँ कमाउने अनुमान छ । चालु आवको अन्त्यसम्ममा यसको प्रतिसेयर नेटवर्थ ११६ रुपैयाँ ५० पैसा र आगामी वर्ष १३८ रुपैयाँ ९० पैसा पुग्ने प्रक्षेपण गरेको छ ।

यसैगरि स्वाभिमान लघुवित्त वित्तीय संस्थाले पनि बैशाख २७ गते देखि नै जारी पूँजीको ३२।११ प्रतिशत बराबरको एक लाख ९८ हजार ६१० कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

कूल निष्काशित सर्वसाधारण शेयर ९आईपिओ० मध्ये ३ हजार ९३ कित्ता कम्पनीका कर्मचारीलाई र ९ हजार ९३० कित्ता सामुहिक लगानी कोषहरुका लागि छुट्टाएको छ । बाँकी एक लाख ८५ हजार ५८७ कित्ता शेयरमा सर्वसाधारणले ओवदन गर्न सक्नेछन् ।

आईपिओमा न्यूनतम १० देखि अधिकतम ५ हजार कित्तासम्म आवेदन गर्ने व्यवस्था छ । हाल ४ करोड २० लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको आईपिओ निष्काशन पश्चात ६ करोड १८ लाख रुपैयाँ पुग्नेछ ।
जनसेवी लघुवित्तको आईपिओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल र स्वाभिमानको सिद्धार्थ क्यापिटल रहेको छ । यसरी सर्वसाधारलाई आइृपिओ भर्न भ्याईनभ्याई भएको छ ।

प्रतिक्रिया दिनुहोस्