सान्जेन र रसुवागढी हाइड्रोपावरको आइपीओ बाँडफाँट आज

काठमाडौं, १९ बैशाख । सान्जेन र रसुवागढी हाइड्रोपावर कम्पनीको आइपीओ आज बाँडफाँट हुँदैछ । ऊर्जा मन्त्रालयको सभा हलमा बिहीबार दिउँसो ३ बजे आइपीओ बाँडफाँट हुने भएको छ । आइपीओ बाँडफाँट कार्यक्रममा ऊर्जा, सिंचाई तथा जलस्रोत मन्त्री वर्षमान पुन पनि सहभागी हुनेछन् । सान्जेन जलविद्युत कम्पनीको आइपीओमा ३ लाख ४ हजार जनाले १ करोड ४१ लाख कित्ताका लागि आवेदन दिएका थिए ।

कम्पनीले कुल ५४ लाख ७५ हजार कित्ता आइपीओ निष्कासन गरको हो । यसमध्ये ४५ ९२ लाख १९ हजार कित्ता० कम्पनीका कर्मचारी र ५५ ९२ लाख ७३ हजार ७५० कित्ता० म्युचुअल फन्डलाई छुट्याएर बाँकी ४९ लाख ८२ हजार २५० कित्ता सेयरलाई सर्वसाधारणलाई बिक्री गरिएको हो । सान्जेनका लगानीकर्ताले अधिकतम २० कित्तासम्म सेयर पाउने भएका छन् ।

यस्तै रसुवागढी हाइड्रोपावर कम्पनीको आइपीओमा १ करोड ७१ लाख ३१ हजार ५१० कित्ताका लागि आवेदन परेको छ । ३ लाख २ हजार ५३२ जनाले १ अर्ब ७१ करोड ३१ लाख ५१ हजार रुपैयाँ बराबरको सेयर भरेका छन्। यसले कुल १ करोड २ लाख ६३ हजार १५० कित्ता सेयर निष्कासन गरेकामा ४५ ९४ लाख १० हजार ५२६ कित्ता० कम्पनीका कर्मचारी र ५५ ९५ लाख १३ हजार १५७ कित्ता० म्युचुअल फन्डलाई छुट्याइएको छ ।

बाँकी ९३ लाख ३९ हजार ४६७ कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरिएको हो । रसुवागढीका आवेदकले अधिकतम ४० कित्तासम्म सेयर पाउने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्