असारभित्र डेढ लाख श्रमिकलाई देशभित्रै रोजगार दिलाईन्छ ! ५ वर्ष भित्रमा वैदेशिक रोजगारको अन्त्य हुन्छ: मन्त्री विष्ट

काठमाडौं, बैशाख १८ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले आगामी असार महिनाभित्र डेढ लाख श्रमिकहरूलाई स्वदेशभित्रै रोजगारी दिलाउने गरी आफूले काम गरिरहेको बताएका छन्।

१ सय ३०औं अन्तरार्ष्िट्रय श्रमिक दिवसका अवसरमा बोल्दै आगामी असारसम्म डेढ लाख युवाहरूलाई रोजगार दिलाउने गरी सरकारले काम गरिरहेको बताएका हुन्।

विगतमा नेपालका श्रमजिवी वर्गहरूको निकै निरीह अवस्था रहेको बताउँदै मन्त्री विष्टले भने, ’विगतमा ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा चिन्ता भएका नेपाली श्रमजिवीको पक्षमा रहेर सरकारले काम गरिरहेको छ।
श्रमिकहरूको दयनीय अवस्था सुधार गरी सरकारले श्रमिकहरूको हकहितका लागि सामाजिक सुरक्षाको ग्यारेन्टीसहित सामाजिक सुरक्षा योजना लागू गरेको छ।’

सरकार, रोजगारदाता र श्रमिकहरूकै त्रिपक्षीय समझदारीमा तय गरिएको श्रम ऐनको कार्यान्वयन पक्षलाई सरकारले जोड दिने मन्त्री विष्टले बताए।

देशभित्रै प्रशस्त रोजगारी सिर्जना गरी ५ वर्ष भित्रमा बाध्यकारी वैदेशिक रोजगारलाई अन्त्य गर्ने उदेश्यसहित प्रधानमन्त्री रोजगार कार्यक्रमको कार्यान्वयन पक्षलाई सुदृढ ढंगबाट अगाडि बढाउने मन्त्री विष्टको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्