११ विद्यार्थी संगठनद्वारा सरकारविरुद्ध प्रदर्शन , देशमा भ्रष्टाचार र अनियमितताले सीमा नाघेको आरोप

काठमाडौं, वैशाख १७ । नेपाल विद्यार्थी संघको नेतृत्वमा ११ विद्यार्थी संगठनले सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।

विभिन्न राजनीतिक दल आवद्ध विद्यार्थी संगठनहरुले मंगलबार काठमाडौंको माइतीघर मन्डलामा प्रदर्शन गरेका हुन् ।

निजी विद्यालय र कलेजमा भएको चर्को शुल्कवृद्धि घटाउनुपर्ने, माध्यमिक तहसम्मको निःशुल्क शिक्षा कार्यान्वयन गर्नुपर्ने, देशमा बढेको हत्या, हिंसा नियन्त्रण गर्नुपर्ने, कन्चनपुरकी निर्मला पन्तको हत्यारा पत्ता लगाइ कारबाही गर्नुपर्ने माग उनीहरुले गरेका छन् ।

विद्यालयहरुमा मनपरि शुल्कवृद्धि हुँदासमेत सरकार मौन बसेको भन्दै उनीहरुले देशमा भ्रष्टाचार र अनियमितताले सीमा नाघेको आरोप लगाएका छन् ।

माइतीघर मन्डलादेखि नयाँबानेश्वरसम्म सरकारविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका विद्यार्थीहरुले माग पूरा नभए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्