नयाँ बजेट निर्माणमा जुट्यो सरकार, सिलिङअनुसार कर्मचारीको तलब र वृद्धभत्ता बढाउने तयारीमा

काठमाडौं । सरकार आगामी बर्षका लागि नयाँ बजेट निर्माणमा जुटेको छ । सरकारले आउँदो आर्थिक वर्ष २०७६र७७ मा करिब १५ खर्बको बजेट ल्याउने तयारी गरिरहेको छ ।

यता दुर्ई तिहाई बहुमत प्राप्त सरकार भने जनप्रिय बजेट ल्याउने तरखरमा छ । प्रधानमन्त्री ओलीले वृद्ध भत्ता वृद्धि गरेर ५ हजार रुपैयाँ र्पुयाउने घोषणा गरिसकेका छन् । अहिले २ हजार रुपैयाँ रहेको भत्ता ५ हजार रुपैयाँ र्पुयाएमा १ खर्ब रुपैयाँ बजेट सामाजिक सुरक्षामै जानेछ ।

सामाजिक सुरक्षा भत्ता कार्यक्रमलाई गत वर्ष ३८ अर्ब ८३ लाख खर्च भएको थियो । वृद्धभत्ता बढेर ५ हजार र्पुयाएमा झण्डै राज्यलाई ९४ अर्ब हाराहारी भार पर्ने निश्चित छ ।

अर्थ मन्त्रालयका उच्च अधिकारीहरुका अनुसार आगामी बजेटमा कर्मचारीको तलव वृद्धि, समाजिक सुरक्षा भत्ता तथा अन्य भत्ता बढाइने तयारी भइरहेको छ ।

कर्मचारीका नेताहरुले तलव नबढेको तीन वर्ष भएको भन्दै बजेट निर्माणको चटारो चलिरहेका बेला कर्मचारी संगठनहरुले पुनः तलव वृद्धि गराउन लविङ गरिरहेका छन् । यस वर्ष चालु आर्थिक वर्षमा छुट्याएको २ हजार रुपैयाँ भत्तालाई तलवमा गाभ्ने हो भने पनि ३० अर्ब रुपैयाँ भन्दा बढी भार पर्ने निश्चित छ ।

राष्ट्रिय योजना आयोगले १५ खर्ब ७७ अर्ब ७० लाख बराबरको सिलिङ तोकेको हुँदा सोहीअनुसार बजेट विनियोजन गर्ने तयारी भइरहेको छ । यति बेला अर्थ मन्त्रालयहरू प्रस्ताव गरेका योजना तथा कार्यक्रममाथि छलफल गरेर बजेट जुटाउने तयारीमा लागि परेको छ ।

जेठ १५ मा बजेट भाषण हुनेछ । यो मिति आउन एक महिना मात्र समय बाँकी रहँदा अर्थ मन्त्रालयमा ढोका नै थुनेर मन्त्रालयका अधिकारीहरु बजेट निर्माणमा जुटेका छन् । सोमबारदेखि संसदको बजेट अधिवेशनसमेत शुरु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्