किन भयो मन्त्रिपरिषद् बैठकमा चर्काचर्की ?

काठमाडौं। मन्त्रिपरिषद बैठकमा सचिवहरु र मुख्यसचिवविरुद्ध मन्त्रीहरु आक्रोसित भएका छन् ।

बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकमा उपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित आधा दर्जन मन्त्रीले निर्वाचनपछि सचिवहरुले टेर्न छोडेको र यसमा मुख्यसचिवकै भूमिका रहेको आरोप लगाएका थिए ।

विवाद बढ्दै जाँदा २० मिनेट चर्काचर्की भएको थियो । सोही कारण सहरी विकासमन्त्री दिलनाथ गिरीले सचिव हटाउने प्रस्ताव गरे, उपप्रधानमन्त्री एवं उर्जामन्त्री कमल थापाले प्रतिवाद गरेपछि दुवैले एक–अर्काको राजीनामा मागे ।

राप्रपाका दुई मन्त्रीको बाझाबाझ भएको तथा सचिवहरुले मन्त्रीलाई नटेरेको आरोपपछि प्रधानमन्त्री देउवाले स्थिति सम्हालेका थिए ।

प्रतिक्रिया दिनुहोस्