नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको आइपीओ मंगलबार बाँडफाँट , ९५.१९आवेदकको हात खाली

काठमाडौं , १७ बैशाख । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको आइपीओ मंगलबार बाँडफाँट भएको छ । यस आइपीओमा १५ हजार १२० जनाले १० कित्ताका दरले सेयर पाएका छन् । कुल ३ लाख १५ हजार ६३० जनाले सेयर भरेका थिए । यसमध्ये ३ लाख १४ हजार ९२५ जनाको आवेदन सदर भएको थियो भने बाँकी ७ सय ५ जनाको आवेदन रद्द भयो । यस आधारमा ९५.१९आवेदकको हात खाली भएको छ ।

जम्मा ४.८५ आवेदकले मात्र सेयर हात पारेको देखिन्छ । बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको कार्यालय हात्तिसार, काठमाडौंमा बिहान आइपीओ बाँडफाँट भएको हो । नेपाल एग्रोले वैशाख ८ देखि ११ गतेसम्म १ लाख ६१ हजार ७७८ कित्ता सेयर निष्कासन गरेको हो ।

उक्त सेयरमध्ये ०.५५ ९२ हजार ४८९ कित्ता कर्मचारी र ५५ अर्थात ८ हजार ८९ कित्ता सेयर सामूहिक लगानी कोष कम्पनीलाई छुट्याइएको हो । बाँकी रहेको १ लाख ५१ हजार २०० कित्ता सर्वसाधारणलाई बिक्री गरिएको थियो । नेपाल एग्रोको आइपीओमा माग भन्दा ४१.६५ गुणा बढी आवेदन परेको छ । ३ लाख १५ हजार ६३० जना लगानीकर्ताले ६४ लाख २ हजार ३९० कित्ताका लागि आवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्