एमालेले प्रदेशसभातर्फ समानुपातिक सांसदको नामावली टुंग्यायो

काठमाडौंं । नेकपा एमालेको स्थायी कमिटी बैठकले प्रदेशसभातर्फको समानुपातिक सांसदको नामावलीलाई अन्तिमरुप दिएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बिहीबार बसेको बैठकले सातओटै प्रदेशमा एमालेले प्राप्त गरेको ७५ सिटका लागि नाम छनोट गरी निर्वाचन आयोगमा पठाउने निर्णय गरेको हो । सो सूची शुक्रबार आयोगमा बुझाइने जनाइएको छ ।

बैठकमा अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग बुधबार भएको भेटवार्ताको जानकारी पनि गराएको पार्टी सचिव योगेश भट्टराईले जानकारी दिए ।

यस्तै, बैठकले निर्वाचन आयोगलाई प्रतिनिधिसभा समानुपातिकतर्फको मतपरिणाम यथासक्य छिटो सार्वजनिक गर्न ध्यानकर्षण गराउने निर्णयसमेत गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्