श्रीलंकाको कोलोम्बोमा भएको बिस्फोटमा प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त

काठमाडौं, १६ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकाको राजधानी कोलोम्बोमा आइतबार बिहान फेरि बम बिस्फोट भएको र बिस्फोटका घटनामा परि निकै मर्माहत भएको उल्लेख गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले ट्वीट गर्दै नेपालले आतंकवादका कुनै पनि रूपको निन्दा गर्ने बताएका छन् । त्यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोलोम्बोमा भएको कायरतापूर्ण बिस्फोटको यो क्षेत्रमा कुनै स्थान नभएको उल्लेख गर्दै दोषीलाई कानुनी कठघरा ल्याउनु पर्ने बताएका बताएका छन् ।

स्थानीय समयअनुसार बिहान पौने ९ बजे कोलोम्बो र आसपासका तीन वटा चर्च र तीन वटा होटलमा बम बिस्फोट भएको थियो हो । ती ६ वटा बिस्फोटमा परी मर्नेको संख्या १४० नाघेको र सैयौं मानिस घाइते भएको समाचार एजेन्सीहरुले जनाउको छ ।

बिहानको बिस्फोटको उद्धार र अनुसन्धान भइरहेका बेला दिउँसो दक्षिणी कोलोम्बोस्थित देहीवालाको एक होटलमा फेरि बिस्फोट भएको हो। उक्त बिस्फोटमा परी कम्तिमा २ जनाको ज्यान गएको बताइएको छ ।

आइतबार बिहान इस्टर सन्डे मनाउन चर्चमा भेला भएका क्रिश्चियन धर्मालम्बीहरू र विदेशी बस्ने पाँच तारे होटललाई लक्षित गरी बिस्फोट गराइएको थियो । बिस्फोट कसले किन गराएको हो भन्ने अहिलेसम्म खुलेको छौन र जिम्मेवारी पनि लिएको छैन ।
श्रीलंकामा भइरहेको शृखंलावद्ध बिस्फोटको विश्व समुदायले निन्दा र भत्र्सर्ना गरेका छन् ।
श्रीलंकामा शृखंलावद्ध बिस्फोटका घटनाहरु हुँदा सयौं मानिसहरुको मृत्यु भएका छन् ।

प्रतिक्रिया दिनुहोस्