गुराँस लघुवित्त वित्तीय संस्थाको आइपिओ आजदेखि, १० कित्ता र अधिकतम ५०० कित्तासम्म निवेदन दिन सक्ने

काठमाडौं, १६ बैशाख । गुराँस लघुवित्त वित्तीय संस्थाले आजदेखि सर्वसाधारणको लागि दुई लाख ५० हजार कित्ता साधारण शेयर ‘आइपिओ’ निष्कासन गरेको छ ।

संस्थाले उक्त शेयरमध्ये ०.५ प्रतिशत अर्थात तीन हजार ८७५ कित्ता कर्मचारिहरुको लागि, ५ प्रतिशत अर्थात १२ हजार ५०० कित्ता सामुहिक लगानीकोषका लागि र बाँकी दुई लाख ३३ हजार ६२५ कित्ता सर्वसाधारणको लागि बिक्री खुला गरेको हो ।
सर्वसाधारणले प्रतिशेयर १०० रुपैयाँको दरमा न्युनतम १० कित्ता र अधिकतम ५०० कित्ताको लागि आवदेन दिन सक्ने छ ।

संस्थाले पहिलो चरणमा वैशाख २० गतेसम्म र यदि पहिलो चरणमा बिक्री नभएको खण्डमा ढिलोमा जेठ १४ गतेसम्म निष्कासन गर्न सक्ने बिक्री प्रवन्धक एनआइएल एस क्यापिटलले जानकारी दिएको छ ।

साधारण शेयर निष्कासनसँगै संस्थाको चुक्ता पूँजी ७ करोड ७५ लाख रुपैयाँ पुग्नेछ ।

नेपाल राष्ट्र बैंकबाट (घ) वर्गको अनुमति प्राप्त संस्थाको १० वटा जिल्लामा कार्यक्षेत्र रहेको छ । २०७३ सालमा संचालन अनुमति प्राप्त संस्थाको प्रधान कार्यालय धनकुटामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्