लगानीको अभावमा पश्चिम सेती र बुढिगण्डकी जलविद्युत आयोजनाको काममा समस्या भयो: मन्त्री पुन

काठमाडौं, बैशाख १५ । सरकारले लगानीको अभावमा पश्चिम सेती जलविद्युत आयोजना र बुढिगण्डकी जलविद्युत आयोजनाको कामलाई अघि बढाउन नसकिएको स्पष्ट पारेको छ।

उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले लगानीको अभावमा राष्ट्रिय गौरवको पश्चिम सेती जलविद्युत आयोजना र बुढिगण्डकी जलविद्युत आयोजनाको कामलाई अघि बढाउन नसकिएको प्रष्टयाए।


उनले स्थानीय जनतालाई विश्वासमा लिएर मात्रै कुनै पनि जलविद्युत आयोजनाको कामलाई अघि बढाउने प्रतिबद्धता समेत व्यक्त गरे।


आइतबार उत्तरगंगा जलविद्युत आयोजना नदीको बहाव क्षेत्रमा नै निर्माण गर्न माग गर्दै पुगेका सरोकारवाला निकायसँगको छलफलमा मन्त्री पुनले स्थानीय जनता र राजनीतिक दलहरूको सहमतिमा मात्रै सो आयोजनाको कामलाई अघि बढाउने गरी अहिले त्यसको विस्तृत अध्ययनको कामलाई अघि बढाइएको पनि स्पष्ट पारे।


बाग्लुङ र रुकुम जिल्लाको सीमामा पर्ने सो आयोजनाको विस्तृत अध्ययनका लागि नेपाल विद्युत प्राधिकरणले आफ्नो काम अघि बढाएको छ। तर, त्यो आयोजनाको काम अघि बढाउँदा नदीको बहाव अनुसार नै अघि बढाउनुपर्ने त्यस क्षेत्रका सांसदलगायतका जनप्रतिनिधिहरूको माग छ।


मन्त्री पुनले प्राविधिकहरूले अध्ययन गरेपछि त्यसैको आधारमा छलफल गरेर सो आयोजनाको कामलाई अघि बढाउने सरकारको योजना रहेको पनि स्पष्ट पारे।


वर्षाको पानी संकलन गरेर हिउँदमा विद्युत उत्पादन गर्ने गरी सरकारले सो आयोजनाको विस्तृत अध्ययनको कामलाई अघि बढाउने योजना बनाएको छ।


त्यसका लागि नदीको बहाव अनुकूल हुने गरी सो आयोजनाको कामलाई अघि बढाउन सरोकारवाला निकायको सरकारसँग माग छ। नदीको बहाव क्षेत्रमै सो आयोजनाको कामलाई अघि बढाउन उपयुक्त हुने सुझाव सरकारलाई दिइएको पूर्व मन्त्री गणेशमान पुनले जानकारी दिए।


सरोकारवाला निकायले सो आयोजनाको कामलाई अघि बढाउँदा स्थानीय जनताको हित हुने गरी अघि बढाउन मन्त्री पुनलाई ज्ञापन–पत्रसहितको सुझाव पनि दिए।


साथै उनले लगानीमा समस्या भएकाले पनि केहि गर्न नसकिएको स्पष्ट पारे । जनताको हितमा रहेर काम गर्ने बताए पनि सोचे अनुरुप नभएके उनको धारणा रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्