प्रधानसेनापति राजेन्द्र क्षत्रीद्वारा निरीक्षण भ्रमण

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीले ईटहरीस्थित, पूर्वी पृतना हे.क्वा., मोरङको याङशिलास्थित कालीबक्स गण र पूर्वी पृतना तालिम शिक्षालयको निरीक्षण भ्रमण गर्नु भएको छ ।

आज भएको निरीक्षण भ्रमणको क्रममा प्रधान सेनापति क्षत्रीले पृतना हे.क्वा., गण तथा शिक्षालयहरुको स्थलगत बस्तुस्थिति, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी लिदै उहाँले सकलदर्जालाई सम्बोधन समेत गर्नु भएको थियो ।
प्रधानसेनापति क्षत्री आज श्री पूर्वी पृतना हे.क्वा.ईटहरीमा मुकाम रहनु हुने र उहाँले भोली मोरङको याङशिलास्थित श्री कालीबक्स गण (ई) मा राष्ट्रिय सेवा दलद्वारा सञ्चालन भईरहेको सि.सं.४४ जुनियर डिभिजन, बार्षिक सामुहिक तालिम क्याम्प (दोस्रो चरण) का प्रशिक्षार्थीहरुको दीक्षान्त कवाजको निरीक्षण गर्नुको साथै ईलामस्थित श्री पशुपतिप्रसाद गण तथा झापास्थित श्री कालीबहादुर गणको निरीक्षण भ्रमण गरी पौष १५ गते काठमाडौं फिर्ता हुनु हुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्