छिमेक लघुवित्तको ४० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

जागरण न्यूज, काठमाडौँ, १५ बैशाख । छिमेक लघुवित्त वित्तीय संस्थाको ४० प्रतिशत लाभांश सुरक्षित गर्ने गर्ने आज गते अन्तिम दिन हो ।

छिमेकले आफ्नो १७ औं वार्षिक साधारण सभाको लागि बैशाख १६ गते सोमबार शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएकोछ । आइतबारसम्म कायम रहने छिमेकका शेयरधनीले मात्र उक्त लाभांशको लागि हकदार हुनेछन् ।

कम्पनी सञ्चालक समितिको बैठकले १७ औ वार्षिक साधारण सभामा आर्थिक वर्ष ०७४।७५ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १८ प्रतिशत बोनस शेयर २२ प्रतिशत नगद गरि कूल ४० प्रतिशत लाभांश वितरण गर्ने र बार्षिक साधारण सभा मार्फत अनुमोदन गर्ने सूचना सार्वजनिक गरेको छ ।

यस्तै सभाले लघुवित्तको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरिक्षक नियुक्ति र पारिश्रमिक निर्धारण, सञ्चालकहरुको बैठक भत्ता वृद्धि लगायत समग्र वित्तीय विवरणमाथि छलफल गरि पारित गर्नेछ।

लघु बित्तको हाल चुक्ता पूँजी एक अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता बोनस शेयर वितरण पश्चात एक अर्ब १८ करोड रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।
मध्य बानेश्वरमा कर्पोरेट कायालय रहेको लघुवित्तले यहि ३० बैशाख गते सोमबार हेटौडा स्थित होटल सामनाको सभाहलमा बिहान १७ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्