माफियाले मास्यो खुल्लामञ्च, नागरीक आन्दोलनमा
काठमाडौं, १२ बैशाख । सबै जसो ठूल्ठूला आम सभा र राजनीतिक परिवर्तनको उद्घोष गर्न प्रयोग हुँदै आएको काठमाडौंको टुँडिखेलको खुलामञ्च आज सानो टुक्रामा परिणत भएको छ । त्यसै टुँडिखेलको खुल्लामञ्च ठेकेदार कम्पनीले ४५ वटा भन्दा बढि सटर निर्माण गरि प्रति सटर १२ हजारका दरले भाडा लगाएर पैसा असुल्ने काम भएको छ । खुलामञ्चमा ब्यापारिक सटर बनाई भाडा असुल्ने काम सुरु गर्नु कत्तिको जायज होला रु यसको परिणाम पछि कस्तो आउला रु यो खुलामञ्चलाई माफियाहरुको जरो गाड्ने प्रपञ्च हुनसक्छ । पुरानो बसपार्कमा १८ तल्ले भ्यू टावर सहितको व्यापारिक भवन बनाउने निर्णय गरेपछि काठमाडौं महानगरपालिकाले त्यहाँको बसपार्क खुल्लामञ्च सारिएको थियो ।
राजनीतिक परिवर्तनको उद्घोष गर्ने थलो खुल्ला मञ्च व्यवसायीक माफियाले गर्दा साँघुरिएको छ ।
भ्यू टावर निर्माणको लागि सम्झौता भएपश्चात केहि समयका लागि खुलामञ्च मिचेर काठमाडौं महानगरपालिकाले अस्थायी बसपार्क बनाएको थियो । ५ वर्षमा पुरानो बसपार्कमा भ्यू टावर निर्माण गरिसक्ने ठेक्का पाएको त्यही बसपार्कमा ठेकेदार कम्पनीले आज व्यावसायिक सटर निर्माण गरि सटर भाडा असुलेर खाने नयाँ प्रपन्च गरेको छ । यसरी खुलामञ्चमा ठेकेदार कम्पनीले व्यवसायिक सटर निर्माण गरि भाडा असुल्दा पनि काठमाडौं महानगरपालिका भने बेखबर र मौन छ ।
पुरानो बसपार्कमा भ्यू टावर निर्माणको ठेक्का पाएको बिल्डर्सले खुलामञ्चमा सटर बनाएर भाडामा असुल्न थालेको प्रति जिज्ञासा राख्दा महानगरका प्रवक्ता ईश्वरमान डंगोल भने यसबारे आफूहरूलाई कुनै जानकारी नभएको बताउँछन् ।
उनका अनुसार ठेकेदार कम्पनीलाई खुलामञ्चको बसपार्क व्यवस्थापन गर्ने जिम्मेवारी मात्र दिइएको हो । व्यवस्थापन निम्ति एउटा क्यान्टिन, यात्रु प्रतीक्षालय र शौचालय बनाउने अनुमति मात्र दिइएको उनले बताए । ’हामीले सटरको काम अघि नबढाउन भनिसकेका छौं,’ अटेर गरे डोजर लगाएर भत्काउँछौं ।’
कतिपयले पसल तथा होटल सञ्चालन गरिसकेका छन् भने कतिपयले डेकोरेशन गरि पसल राख्ने तयारी गर्दै छन् । ठेकेदार कम्पनीले सटर भाडामा लगाउन ४ लाखदेखि १५ लाख रुपैयाँसम्म अग्रिम उठाउन थालिसकेको स्रोतले जनाएको छ । यो रकम मासिक भाडामा कटाउन नपाउने उसले स्पष्ट पारेको छ ।
बिल्डर्सका एजेन्टहरूले ’सलामी’ का रूपमा उक्त रकम उठाइरहेको सटर भाडामा लिएका एक व्यापारीले बताए ।’ अरूले कति तिरेका छन् मलाई थाहा छैन । मैले ९ लाख १० हजार रुपैयाँ बुझाएको हुँ,’ ती व्यापारीले भने, ’यो ठाउँमा राम्रो व्यापार हुने देखेर यति रकम तिर्न तयार भएका हौं ।’ अर्का व्यापारी प्रतिमहिना १२ हजार भाडा तिर्ने गरी एउटा सटर लिएको जानकारी दिए ।
‘ फुटपाथमा पसल राख्नभन्दा सटर लिँदा सजिलो हुन्छ भनेर भाडामा लिएको हुँ,’ उनले भने, यहाँ दुईरतीन वर्ष भए पनि बस्न पाइन्छ कि भनेर सटर लिएका छौं ।
महानगरको सम्पूर्ण जिम्मेवारी लिएर बसेको काठमाडौं महानगरपालिकाले बिल्डर्सले खुलामञ्चमा खुलेआम सटर बनाउँदा पनि महानगरले थाहा नपाउनु आश्चर्य र उदेक लाग्दो कुरो हो । यसले महानगर र राज्य कति अन्धो छ भन्ने कुराको प्रष्ट पारेको छ । व्यवसायीक वोर्ड तथा एउटा व्यानर राख्न कर तिर्नुपर्ने र अनुमती लिनुपर्ने महानगरमा यत्रो व्यवसायीक सटर त्यो पनि खुलामञ्चमा बन्दा पनि जानकारी छैन भन्नु कतिको जायज होला रु प्रश्न यहाँ नेर हो हाम्रो । महानगरका प्रवक्ताले भने झैं डोजर लगाएर सटर भत्केला की मिलेमतोमा चल्ला भन्ने कुरा प्रति हाम्रो निगरानी रहेने छ ।
महानगरले चेतावनी दिँदादिँदै पनि काम नरोकिनु र निर्माण कार्य अघि बढिररहनु यो झन आश्चर्यजनक कुरो छ ।
यसबाट सार्वजनिक सम्पत्ति निजी ठेकेदार कम्पनीलाई पोसेर अकुत व्यवसायिक लाभ गराउने प्रपञ्चमा महानगर नै संलग्न देखिन्छ ।
यो त्यही कम्पनी हो, जसले पाँच वर्षमा बनाउने भनेको भ्यू टावरको काम तीन वर्ष बित्दा पनि सुरु गर्न सकेको छैन । यस कम्पनीले कुनै पनि ठेक्का समय मै पुरा नगरेको र मापदण्ड विपरीत काम गर्दै आएको नजिर प्रसस्त छ ।
यसैबीच केही हप्ताअघि बसपार्क क्षेत्रमा ८ वटा नयाँ सटर बनाइयो । बसपार्कका लागि सहज होस भने त्यहाँ भएका रुखहरु काटि । खुल्लामञ्चमा बसपार्क बनेदेखि त्यहाँ रत्नपार्कसम्म जोडिएको क्षेत्रमा अबैध सटरहरु थिए । बसपार्कलाई खुल्लामञ्चमा सारिनु र त्यहाँ पसल राख्न दिएकोमा पहिल्यैदेखि विरोध हुँदै आएको थियो ।
स्थानीय र सम्पदा अभियन्ताहरुले बसपार्कमा अनियमित रुपमा खोलिएका सटरहरु भत्काउनुपर्छ भन्दै आज त्यहाँ रहेका पसलहरु बन्द गराएका हुन् ।
विरोध सभामा प्रतिनिधसभा क्षेत्र नम्बर ६ का सांसद भीमसेनदास प्रधानले आफू बसपार्क सार्ने विपक्षमा पहिल्यै रहेको उल्लेख गर्दै भने,ुबसपार्कका लागि जग्गा खड्गी समुदायले दिएको थियो। खुल्लामञ्चको जग्गा पनि यहीकै स्थानीयहरुको अधिग्रहण गरिएको हो। पहिला राणाहरुले जग्गा हडपे, राजा गयो गण्तन्त्रमा महानगरपालिका नै जग्गा अतिक्रमण गर्दैछ।ु उनले तीन वर्षका लागि ठेक्कामा दिए पनि हालसम्म भवनको केही काम नभएको भन्दै महानगरको कार्यशैलीको विरोध गरे।
सटर भत्काइन्छ : वडाध्यक्ष खड्गी
विरोध प्रदर्शनमा खुल्लामञ्चमा रहेको वडा नम्बर २८ का अध्यक्ष भाइराम खड्गीसमेत थिए। उनी ुजनताले चुनेर जन प्रतिनिधि बनायो। खुल्लामञ्चमा भष्ट्राचार गन्हायो ु भन्ने नारा लेखिएको पर्चा बोकेर विरोधमा उभिएका थिए।
वडाध्यक्ष खड्गीले वडालाई केही जानकारी नदिइ रातारात सटर बनाएको भन्दै महानगरसँग यसबारे प्रश्न सोधेको बताए। उनले महानगरले उचित जवाफ नदिए जनताको अभिमतको कदर गर्दै सटर भत्काएर छाड्ने बताए। वडा २८ ले बैशाख १० गते महानगरलाई पत्र लेख्दै खुल्लामञ्चमा अवैध तरिकाले निर्माण भएको भनिएका सटर कसले र कसलाई निर्माण गर्न दिइएको सहमतिबारे प्रश्न सोधेको थियो।
विरोधसभामा सहभागीहरुले काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको चर्को आलोचना गरे मेयर अन्धो भएको र भूमाफियाहरुसँग मिलेकोु भनेर शाक्यले महानगरलाई भष्ट्राचारको अखडा बनाएको आरोप लगाए।
महानगर र ठेकेदार जलेश्वर स्वच्छन्द बिकोईले खुल्ला मञ्चलाई अतिक्रमण गरी व्यापार गरेको भन्दै खुल्लामञ्च बचाउ अभियानका संयोजक सुसन बैद्यले प्रमुख शाक्यले नैतिक रुपमा जवाफ दिनुपर्ने बताए।
सांसद प्रधानले गणतन्त्र दिवससम्म यहाँका संरचना नभत्काइए जनता मिलेर यहाँका गैर कानूनी संरचना भत्काउने र युद्धको अवस्था सिर्जना हुनसक्नेतर्फ सचेत गराए।
बालुवाटारको जग्गा नै बेचिदाँ सरकार चुप लागेको र काठमाडौंमा रहेका खुल्ला जग्गा सकाउने खेलमा सरकार नै लागेको भन्दै अभियान्ताहरुले प्रधानमन्त्री विरुद्धपनि नारा लगाएका थिए।
प्रधानमन्त्रीसँग जम्काभेट, लाग्यो ओली विरुद्धको नारा
स्थानीय जनप्रतिनिधि सम्मिलित विरोध सभापछि खुल्लामञ्चमा रहेका सबै पसल बन्द गराउँदै खुल्लामञ्च, महांकाल, आरएसएसी हुँदै शहिदगेट पुग्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीको सवारीसँग अभियान्ताहरुको जम्काभेट भएको थियो।
प्रधानमन्त्रीको स्कर्टिङसम्म पुग्न प्रहरीले रोक्दै गर्दा उनीहरुले प्रधानमन्त्री विरुद्ध नारा लगाएका थिए।
प्रधानमन्त्री ओली भूकम्प गएको चार वर्ष पुगेको दिन आज बसन्तपुरको सम्पदा निरीक्षणमा जाँदै थिए। अभियान्ताहरुले खुल्लामञ्चर टुंडिखेल अतिक्रमणमा सेनाको पनि हात रहेको भन्दै सैनिक मुख्यालय अगाडी सेना विरुद्ध नारा लगाएका थिए।
महानगरपालिका प्रमुखलाई ज्ञापनपत्र दिन सांसद सहित पुगेकाहरुलाई प्रहरीले महानगरको गेटमा रोकेको थियो। अभियान्ताहरुलाई प्रहरीले रोक्दा केहीबेर अवस्था तनावपूर्ण भएको थियो। सांसद प्रधान र वडा अध्यक्षलाईसमेत प्रहरीले महानगर गेटमा रोकेको थियो।
पछि जनप्रतिनिधिसहित केहीलाई महानगर कार्यलय रहेको जग्दम्बा कम्प्लेक्स प्रवेश गर्न दिइएको थियो।महानगर प्रमुख शाक्य भने वसन्तपुरमा प्रधानमन्त्री आउने भएपछि उतै लागेको बताइएको थियो।
अभियन्ताहरुले शाक्य महानगरलाई लथालिंग पार्दै जनतासँग भाग्दै हिडेको आरोप लगाएका थिए।प्रमुख नभएपछि महानगरकी उपप्रमुख हरीप्रभा खड्गीलाई ज्ञापनपत्र बुझाइ तरुन्तै खुल्ला मञ्च खुल्ला नगरिए स्थानीयले गएर भत्काउँने चेतावनी दिँदै त्यसको जिम्मेवार महानगर हुनुपर्ने भन्दै सचेत गराए।
उपप्रमुख खड्गीले आफूलाई सटर निर्माणबारे मिडियामा समाचार आएपछिमात्रै जानकारी भएको भन्दै त्यहाँ रहेका सम्पूर्ण गैर कानूनी संरचना भत्काउने बताइन्। खड्गीले खुल्लामञ्चमा एउटा शौचालय, फार्मेसी लगायत चार(पाँच वटा सटर बनाउने सहमतिमात्रै भएको जानकारी दिइन्।
खड्गीले प्रमुख शाक्यले उपप्रमुखलाई निरिक्षणको जिम्मेवारी दिएको भनेर पन्छिन नमिल्ने भन्दै त्यहाँ सटर बनाउनेहरुको शक्तिशाली राजनीतिक पहुँच रहेको हुनसक्ने समेत बताइन्।
ज्ञापनपत्र बुझेपछि खड्गीले खुल्लामञ्चको निरिक्षण गर्दै आवश्यक अनुसन्धान गर्दै कारवाही प्रक्रिया अघि बढाइने बताइन्।हाल खुल्लामञ्चमा ४० वटा भन्दा बढी सटरहरु बनाइएको छ भने मञ्च रहेको क्षेत्रामा वीर अस्पताल र अस्थाइ रुपमा दरबार हाइ स्कूलको पढाइ हुँदै आएको छ ।
यदि निजी कम्पनी पोस्ने प्रपञ्चमा महानगर संलग्न छैन भन्ने प्रमाणित हुन प्रवक्ता डंगोलले चेतावनी दिएझैं गैरकानुनी रूपले बनिरहेका सटरमाथि साँच्चिकै डोजर चल्ने छ । खुलामञ्चलाई यथास्थितिमामा राखिनेछ । त्यो भने हेर्न बाँकी छ । यसरी हाम्रा सार्वजनिक जग्गाहरु मफियाहरुले कब्जा हडप्दै जाने हो भने एक दिन खुला ठाउ पाउन कठिन हुने छ । भूमाफियाहरु सलबलाउँदै जाने छन । माफियाहरुले सरकारी र सार्वजनिक स्थानमा गिद्धेनजर गाडिनै रहने छ । माफियाहरुलाई कानुनी कठघरामा उभ्याउनु नै दिर्घकालिन समाधान हो । नत्र यसले जरो गाडेर बस्ने छ । यसप्रति राज्य मौन बसिदिंदा माफियाहरुले टाउको उठाउने छ । यसलाई उखेल्न कठिन हुनेछ ।
प्रतिक्रिया दिनुहोस्