आज नेप्से १९ अंकले उकालो लाग्यो, ९५ करोडको कारोबार

काठमाडौँ , बैशाख ११ । आज नेप्से १९ अंकले उकालो लागेको छ ।

नेप्से १९ दशमलव १४ अंकले बढेर १ हजार २ सय ७९ दशमलव २९ को बिन्दुमा पुगेको छ । त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक ४ दशमलव ८० अंकले बढेर २ सय ७६ दशलमव ९४ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

यसदिन १ सय ७२ कम्पनीको ३४ लाख ८ हजार ३७४ कित्ता शेयर खरिदबिक्री भई ९५ करोड ३ लाख ४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा सबैभन्दा बढी नेपाल बैंकको भएको छ । जसको कारोबार ९ करोड ९ लाख रुपैयाँ भएको छ । जसको बजार मुल्य ३१२ रुपैयाँ रहेको छ ।

यसैगरि वाणिज्य बैंक समूहको सबैभन्दा बढी सेयर कारोबार भएको छ । एकैदिन यो समूहको कुल ३४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कुल ३ हजार ५२३ पटकको कारोबारमा सो मात्राको सेयर किनबेच भएको छ ।

त्यस्तै यस दिन सर्वा््िधक कमाउनेमा एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मुल्यमा ९ दशमलव ७७ प्रतिशतले वृद्धि गरेको छ ।

साथै सर्वा्धिक गुमाउनेमा राद्यी जलविद्युत कम्पनीका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्य आज ४ दशमलव ९३ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्