हिमालयन जनरल इन्सुरेन्सको नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । हिमालयन जनरल इन्सुरेन्सको १५ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन हो । इन्सुरेन्सले पुस ३० गते हुने वार्षिक साधारण सभामा १५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गर्दैछ । यसका लागि कम्पनीले शुक्रबारबाट बुक क्लोज गर्न लागेको छ । यसआधारमा, नयाँ लगानीकर्ताले पनि बिहीबार नै हिमालयनको सेयर किनेर सेयरधनी बनिसक्नुपर्नेछ । हाल कायम सेयरधनी भने स्वत लाभांशको हकदार हुनेछन् । इन्सुरेन्सले सेयरधनीहरुलाई १५ प्रतिशतले हुने ५ करोड ७७ लाख ८० हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्न लागेको हो । हिमालयनले बिमा समितिले तोके अनुसार चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुर्याइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्