सानिमा म्युचुअल फन्ड अन्तर्गतको पहिलो ७ बर्षे बन्दमुखी योजना सानिमा इक्विटि फन्डको बाँडफाँड

काठमाडौ । योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडद्वारा सञ्चालन हुने सानिमा म्युचुअल फन्ड अन्तर्गतको पहिलो ७ बर्षे बन्दमुखी योजना सानिमा इक्विटि फन्डको प्रति इकाई रु.१० दरको १२,००,००,००० इकाई मिति २०७४।०८।१२ गतेदेखी २०७४।०८।२२ गतेसम्म सर्वसाधारणमा दरखास्त आह्वान गरिएकोमा माग गरे भन्दा बढी इकाईको लागी आवेदन पर्न आएकोले सामूहिक लगानी कोष नियमावली २०६७ वमोजिम कुल माग गरेको इकाइ संख्या मध्ये २५ प्रतिशत सम्म बढाउन पाउने ब्यवस्था रहे अनुसार कुल निष्काशित इकाइ १२,००,००,००० मा १,००,००,००० इकाई थप गरी जम्मा १३,००,००,००० इकाई कायम गरि वीज पूँजी २,०२,९२,६८० इकाई कायम गरि बाँकी रहेको १०,९७,०७,३२० इकाई रितपुर्वक आवेदन दिने २११३५ जना सर्वसाधारणलाई माग गरे वमोजिम शतप्रतिशत इकाई “धितोपत्र निष्काशन तथा बांडफांट निर्देशिका २०७४” वमोजिम बांडफांड गरेको छ ।

प्रतिक्रिया दिनुहोस्