वादीले पेशा फेरे, तर समाजको हेराइ भने अझै फेरिएन

काठमाडौं, बैशाख ६ । वादीले पेशा फेर पनि समाजको हेराइ भने अझै फेरिएको छ । मुलुकमा तीनै तहका सरकार बनिसकेका छन् ।

संविधानले निर्वा्चित जनप्रतिनिधिलाई आफ्नो समाज बदल्ने पूरापूर अधिकार दिएको पनि छ तर कर्णाली प्रदेशको सुर्खेत जिल्ला गुर्भाकोटका वादी समुदायलाई हेर्दा त्यस समुदायलाई लोकतान्त्रिक गणतन्त्रले स्पर्श गर्न बाँकी नै रहेको अनुभव गरिएको छ ।


गुर्भाकोटका वादी समुदायकी महिला पुतली बादी धेरैजसो दाउरा बेचेर गुजारा चलाउछिन् भने कहिले भारत गएर कमाएर ल्याउछीन्। “साँझ बिहान दुःख गरी काम गरेर थोरैेतिनो आर्जन गर्छौंँ तर हामीलाई फरक पेशा गर्ने दृष्टिकोणले हेर्ने गरिन्छ”, भनी उनले गुनासो गरिन् ।

बादी समुदायमा पुख्र्याैलीे पेशा व्यापार व्यवसाय गरेर दैनिकी चलाउने गरिए तापनि अझैसम्म उनीहरुलाई हेर्ने सामाजिक दृष्टिकोण भने अझै बदलिएको छैन ।

“हाम्रो समुदायमा पहिले केही केही व्यक्तिले देहव्यापार गरे होलान् तर अहिले हामी सबै विभिन्न खालका व्यवसाय गरेर आम्दानी गर्ने गरेका छौँ”, उनी भन्छीन् , “अन्य जातकाले यौनव्यापार गरे पनि उनीहरू ढुक्कसँग हिँड्न सक्छन् तर हामीमाथि समाजको नजर टेढै छ ।”


इसैगरि अर्की गुर्भाकोट नगरपालिकाकी कविता बादीपनि कामका लागि दिल्ली जान थालेको चार वर्ष भयो । धेरैजसो समय उनी भारतको दिल्लीमा बिताउछीन् केही दिन मात्र घरमा आएर बस्छिन् । कारण हो समुदायमा आफूहरुमाथि विभेद हुनु ।

“गाउँमा आएपछि बाहिर निस्केर ढुक्कसँग हिँड्न सक्दिन”, कविता भन्छिन्, “छिमेकी र समाजले हाम्रो जात भन्नेबित्तिकै फरक नजरले हेर्छन् ।” उनले अन्य जातिका व्यक्तिले आफूहरुसँग घुलमिल हुन नचाहने गरेको दुखेसो पोखीन् ।

बादी महिलामाथि भएको विभेदका कारण उनीहरु समस्यामा परेका यी प्रतिनिधि घटना मात्र हुन् । यस जिल्लामा बसोबास गर्दै आएका बादी समुदायका महिलाले भोगेको साझा समस्या हो ।

परम्परागत रूपमा बादी समुदायका पुरुष सुल्पा खाने, मादल बनाउने र माछा मार्ने तथा छोरीबहिनीहरूलाई यौन पेशातिर धकेल्ने गर्थे । अहिले भने परिस्थिति फेरिएको छ । अचेल बादी समुदायले कृषि र अन्य व्यवसाय पनि गर्दै आएका छन् ।

सुर्खेत उपत्यकापूर्व झुप्रा खोला निवासी गीता बादी मानिसहरू अहिले पनि बादी जातिका महिला यौनधन्दा गर्छन् भन्ने धारणा राख्ने गरेको बताउछीन् ।

बादी अगुवा एवं सिम्ता गाउँपालिका वडा नम्बर ६ का वडा सदस्य सुक्री बादीले बादी जातिलाई अझै पनि हेप्ने प्रवृत्ति रहेको बताए ।


नेपालको संविधानको मौलिक हकको धारा १६ मा सम्मानपूर्वक बाँच्न पाउने अधिकारको व्यवस्था छ । बादी महिलामाथि हुने यस्ता खालका विभेदले भने उनीहरुको आत्मसम्मानका साथ बाँच्ने अधिकारको हनन भएको प्रष्ट देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्