सान्जेन जलविद्युत कम्पनी र रसुवागढी हाइड्रोपावर कम्पनीको आजदेखि आईपिओ खुला, यस्तो छ, कम्पनीको पुँजीगत संरचना
काठमाडौं, ६ बैशाख । सान्जेन जलविद्युत कम्पनी र रसुवागढी हाइड्रोपावर कम्पनीले शुक्रबार आज बैशाख ६ देखि एकै दिन साधारण शेयर (आइपीअ) गरेकागरेको छ । दुवै कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले आइपीओ बिक्री गरेका हुन् । न्यूनतम १ हजार रुपैयाँमा १० कित्ताको लागि आवेदन दिन पाइनेछ ।
सान्जेनले कुल ५४ लाख ७५ हजार कित्ता आइपीओ जारी गर्न लागेको हो । यसमध्ये ४५ ९२ लाख १९ हजार कित्ता० कम्पनीका कर्मचारी र ५५ ९२ लाख ७३ हजार ७५० कित्ता० म्युचुअल फन्डलाई छुट्याइएको छ । बाँकी ४९ लाख ८२ हजार २५० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
यस्तै, रसुवागढी हाइड्रोपावरले पनि कुल १ करोड २ लाख ६३ हजार १५० कित्ता सेयर निष्कासन गर्न लागेको छ । यसमध्ये ४५ ९४ लाख १० हजार ५२६ कित्ता० कम्पनीका कर्मचारी र ५५ ९५ लाख १३ हजार १५७ कित्ता० म्युचुअल फन्डलाई छुट्याइएको छ । बाँकी ९३ लाख ३९ हजार ४६७ कित्ता सेयर सर्वसाधारणलाई बिक्री हुनेछ ।
दुवै कम्पनीमा आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिनु पर्नेछ । रसुवागढीको आइपीओमा सिद्धार्थ क्यापिटल र सान्जेन जलविद्युत कम्पनीमा नागरिक लगानी कोषले निष्काशन तथा बिक्री प्रबन्धक र सनराईज क्यापीटलले सह–निष्काशन तथा बिक्री प्रबन्धकको काम गरेको छ । यी दुवै कम्पनीको आइपीओमा यसअघि आवेदन दिएका संस्थापक सेयरधनी कम्पनीका कर्मचारी, ऋणदाता कम्पनीका कर्मचारी र कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताले आवेदन दिन पाउने छैनन् ।
सान्जेन र रसुवागढीको आइपीओमा वैशाख १० गतेसम्म आवेदन दिन सकिनेछ । यस अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा भने जेठ ५ गतेसम्म भर्न पाउने व्यवस्था रहेको छ । सरकारले हालै मात्र यी दुवै कम्पनीलाई ‘जनताको जलविदुत कार्यक्रम’ मा समेटेको थियो ।
सान्जेन र रसुवागढीमा प्रतिकित्ता १०० रुपैयाँकै दरले आवेदन माग गरिएको छ । यी दुवै आयोजनाको निर्माणकार्य ५०५ भन्दा बढी सकिएकाले १०० रुपैयाँकै दरमा आवेदन माग गरिएको बिक्री प्रबन्धकले जानकारी गराएका छन् । दुवै आयोजनाको निर्माणकार्य ७०५ भन्दा बढी सकिएको छ ।
रसुवामा निर्माणाधीन साञ्जेनका दुई वटा आयोजना छन् । त्यसमध्ये अपर साञ्जेन हाइड्रोइलेक्ट्रिक प्रोजेक्टको क्षमता १४.८ मेगावाट रहेको छ भने सान्जेन हाइड्रोइलेक्ट्रिक प्रोजेक्टको क्षमता ४२।५ मेगावाट छ । यस्तै, रसुवागढी आयोजनाको क्षमता १११ मेगावाट छ ।
यस्तो छ पुँजीगत संरचना:
सान्जेनको जारी पुँजी ३ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । आइपीओ बिक्रीपछि पुँजी ३ अर्ब २५ करोड ५० लाख रुपैयाँ पुग्नेछ । बाँकी रकम बराबरको आइपीओ आयोजना प्रभावित स्थानीयलाई जारी हुनेछ । सन्जेनको आयोजना निर्माण लागत कुल ८ अर्ब ६५ करोड रुपैयाँ छ । प्रतिमेगावाट लागत भने १५ करोड रुपैयाँ छ ।
यस्तै रसुवागढीको जारी पुँजी ६ अर्ब ८४ करोड २१ लाख रुपैयाँ रहेको छ । यसको १५५ सेयर सर्वसाधारणमा जारी गर्न लागिएको हो । आइपीओ बिक्री गरी चुक्ता पुँजी ६ अर्ब १५ करोड रुपैयाँ पुग्नेछ । बाँकी रहेको रकम बराबरको सेयर आयोजना प्रभावितलाई जारी हुनेछ ।
प्रतिक्रिया दिनुहोस्