नेपालमा फोरजीको बजार सन् २०२५ सम्म रहने

काठमाडौं, ५ बैशाख। नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीले नेपालमा फोरजीको बजार सन् २०२५ सम्म रहने बताएका छन् । हाल देशभर विस्तार भैरहेको फोरजीले ६ वर्षसम्मको इन्टरनेटको माग धान्ने निर्देशक अधिकारीले बताएका हुन् ।

‘विश्व बजारमा ५जीको प्रयास भैरहेको छ अहिले फाइभजीको लागी नेपाली बजार तयार भैसकेको छैन, निर्देशक अधिकारीले भने विश्व बजारमा ४जी निकै लोकप्रिय छ तोकिएकै मितीमा विस्तार कार्य सम्पन्न हुन्छ ।’ फोर जी विस्तारको लागि पुर्वाधार खरिदको काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए ।

टेलिकमले एडीएसएल विस्थापित गर्दै एफटीटीएच विस्तारमा सुरु गरेको छ । देशको विभिन्न २० स्थानबाट एफटीटीएच इन्टरनेटको विस्तार सुरु गरेको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले बताइन । एडीएसएल इन्टरनेट सेवा निकै असफल भएपछि टेलिकमले एफटीटीएच सेवा विस्तार गरेको हो । सो इन्टरनेटबट टेलिभिजन समेत हेर्न सकिन्छ ।

मोबाइल गुणस्तर अभिवृद्धि
नेपाल दूरसञ्चार प्राधिकरणले गत पौष र माघ २०७५ मा भक्तपुर, पोखरा, बाग्लुङ र पृथ्वी राजमार्गमा गरेको मोबाइल सेवाको गुणस्तर परीक्षणको प्रकाशित अध्ययन प्रतिवेदन अनुसार डाटा सेवामा नेपाल टेलिकमको गुणस्तर सबैभन्दा राम्रो पाइएको छ ।

त्यसैगरी नेपाल दूरसञ्चार प्राधिकरणले आश्विन ११ देखि २५, २०७५ सम्म काठमाडौमा गरेको मोबाइल सेवाको गुणस्तर परीक्षणको अध्ययन प्रतिवेदन अनुसार नेपाल टेलिकमको भ्वाइस सेवाको स्तर सबैभन्दा राम्रो पाइएको छ ।

मध्य पहाडी लोकमार्गमा अप्टिकल फाइबर
मध्य पहाडी लोकमार्ग अन्तर्गत प्रदेश १, २ र ३ मा पर्ने स्थानमा अप्टिकल फाइबर बिछ्याउने कार्यको जिम्मेवारी नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमलाई दिएको छ । सो आयोजनाका लागि ५ मध्ये ४ वटा सम्झौता सम्पन्न भइसकेका छन् । गत मार्च १२ देखि २२ सम्म विभिन्न चरणमा गरिएको सम्झौता अनुसार प्रदेश १ को ५९६ किलोमिटरका लागि कोरियाको एलएस केबुल्स, प्रदेश २ को १०२८ किलोमिटरको लागि आरोग्य कन्स्ट्रक्सन नेपाल र चाइना रेलवेको ज्वाइन्ट भेन्चर तथा प्रदेश ३ को ५५५ किलोमिटरको लागि हङकङको सीसीएसआईसँग सम्झौता भएको छ । म्ध्म्ः इक्विपमेन्टका लागि हङकङको सीसीएसआईसँग सम्झौता भएको छ भने राउटर इक्विपमेन्टका लागि केही दिन भित्रै सम्झौता हुनेछ ।

एफटीटीएच (फाइबर टु द होम) सेवा सम्बन्धी
हाल एडीएसएल मार्फत इन्टरनेट सुविधा उपलब्ध गराइरहेकोमा विद्यमान एडीएसएलका ग्राहकलाई एफटीटीएचमा रुपान्तरण गर्ने र मुलुकभर एफटीटीएच वितरण गर्ने लक्ष्यका साथ नेटवर्क विस्तारको कार्य देशभर भइरहेको छ । इन्टरनेटको साथसाथै आईपीटीभी पनि प्रदान गर्ने लक्ष्यका साथ गृहकार्य भइरहेको छ । हाल देशभर ४० हजार ९६० लाइन एफटीटीएच प्रदान गर्न सकिने क्षमताको नेटवर्क तयार भएको छ र थप नेटवर्क विस्तार कार्य जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्