आगामी बजेटः सांसदलाई पाँच करोड

काठमाडौं , बैशाख ५ । आगामी आर्थिक वर्षको बजेट मार्फत सांसदहरुलाई पाँच–पाँच करोड रुपैंयाँ उपलब्ध गराउन दबाव सुरु भएको छ ।

स्रोतका अनुसार सत्तासिन नेकपाकै सांसदहरुले उपभोक्ता समिति मार्फत खर्च गर्न पाउने गरि प्रत्येक निर्वाचन क्षेत्रमा पाँच–पाँच करोड बजेट विनियोजन गर्न दबाव सुरु गरेका हुन् ।

हाल सरकारले ‘स्थानीय पूर्वाधार विकास साँझेदार कार्यक्रम’ का नाममा प्रत्येक निर्वाचन क्षेत्रमा ४–४ करोड रुपैंयाँ बजेट दिएको छ ।

सम्बन्धित निर्वाचन क्षेत्रको प्रतिनिधी सभामा प्रत्यक्ष निर्वा्चित सांसदको संयोजकत्वमा समानुपातिक सांसद, राष्ट्रिय सभा सदस्य, प्रदेशका प्रत्यक्ष र समानुपातिक सांसद तथा स्थानीय तहका प्रमुख सहभागी हुने संयोजन समिति मार्फत ३ बर्ष्भित्र सम्पन्न हुनेगरि बढीमा पाँच वटा आयोजना छान्न पाउनेछ व्यवस्था छ ।

त्यस्ता आयोजनाहरु ठेक्का लगाएर निर्माण गर्नुपर्ने व्यवस्था रहेको छ । अब भने सांसदहरुले उपभोक्ता समिति मार्फत काम गराउन पाउने गरि बजेट मागेका हुन् ।

यस बारेमा सोध्दा नेकपा स्थायी कमिटी सदस्य तथा सांसद टोप बहादुर रायमाझीले भने, सांसदलाई बजेट उपलब्ध नगराए, बजेटको समानुपातिक वितरण नगरे बजेटै फेल हुन सक्ने चेतावनी पनि प्रधानमन्त्रीलाई दिईसकेको बताए । ‘मैले प्रधानमन्त्रीलाई पनि भनिसकेको छु, बजेटमा सांसदहरुको भूमि स्थापीत गर्न सकिएन भने यसपाली सांसदहरु चुप लागेर बस्ने अवस्था हुँदैन

अर्थमन्त्रीले पनि सांसदहरुको समस्या बुझिदिनु परो’भन्दै केहि समय अघि विकास तथा प्रविधि समिति बैठकमा अर्थमन्त्रीलाई रायमाझीले भनेका थिए ।

प्रतिक्रिया दिनुहोस्