अब बोइङ जहाज उडान नगर्ने नेपाल एयरलाइन्सको घोषणा
काठमाडौं, बैशाख ४ । राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले बोइङ जहाज उडान नगर्ने घोषणा गरेको छ।
एयरलाइन्सका कार्यकारी अध्यक्ष मदन खरेलले अब बोइङ उडान नगर्ने गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग राय माग गरेको बताएका छन्।
निगमसँग अहिले उडानयोग्य एउटा बोइङ जहाज छ।
अन्ततः कार्यकारी अध्यक्ष खरेलले निगमले बोइङ जहाज बिक्री गर्ने बताएका छन्।
‘जहाज बिक्री गर्ने तयारी भएका कारण पाइलटहरुको पिपीसी नवीकरण नगरिएको हो’, खरलेले भने, ‘अब मन्त्रालयबाट जहाज बिक्रीका लागि सहमति भएर आएपछि बोइङ बिक्री गर्ने नै हो।’
प्रतिक्रिया दिनुहोस्