हावाहुरी पीडितलाई प्रदेश ३ ले गर्यो १ करोडको चेक हस्तान्तरण
काठमाडौं, बैशाख ४ । बारा र पर्साका हावाहुरी पीडितलाई प्रदेश ३ ले १ करोडको चेक हस्तान्तरण गरेको छ ।
हावाहुरीबाट प्रभावितको लागि प्रदेश ३ सरकारका तर्फबाट एक करोड सहयोग प्रदान गरिएको हो ।
मुख्यमन्त्री डोरमणी पौडेलले बुधबार जनकपुर पुगेर एक करोडको चेक प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरेका हुन्।
पौडेलले बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा चेक हस्तान्तरण गरेका छन्।
गएको चैत १७ गते बारा र पर्सा जिल्लामा आएको हावाहुरीका कारण २८ जनाको ज्यान गएको थियो। भने पाँच सयभन्दा बढी घाइते भएका थिए।
यसैबिच चेक बुझ्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विपतको बेला सहयोग गरेकोमा प्रदेश ३ का मुख्यमन्त्री र प्रदेशसभालाई धन्यवाद दिएका छन् ।
मुख्यमन्त्री पौडेलले विपतको बखत एकअर्कालाई सहयोग गर्ने सन्देश प्रवाह हुने विश्वास व्यक्त गरे।
यसअघि प्रदेश ३ का मुख्यमन्त्री पौडेलले प्रभावित क्षेत्रको निरीक्षण पनि गरेका थिए।
प्रतिक्रिया दिनुहोस्