सभिल बैंकले दुई वर्षको साधारणसभा एकै पटक गर्दै, १५ प्रतिशत लाभांश प्रस्ताव गर्ने
काठमाडौं, । सिभिल बैंकले दुई वर्षको साधारणसभा एकै पटक बोलाएको छ । २ अर्ब चुक्ता पुँजी रहेको इन्टरनेशनल लिजिङ फाइनान्स कम्पनीलाई एक्वायर गरेपछि उक्त कम्पनीका शेयरधनीहरुको प्रतिनिधित्वको सवालमा सहमति नजुट्दा साधारणसभा हुन नसकेको बैंकले आर्थिक वर्ष २०७३र७४ र २०७४र७५ को साधारणसभा बैशाख २७ गते बस्नै भएको छ ।
उक्त साधारणसभाले करिब १५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्ने तथा ६ जना सञ्चालकहरुको निर्वाचन गर्नेछ । बैंकले आर्थिक वर्ष २०७३ र ७४ मा प्रस्ताव गरेको १०.२५ प्रतिशत बोनस शेयर तथा ०।५४ प्रतिशत नगद लाभांश तथा आर्थिक वर्ष २०७४र७५ मा प्रस्ताव गरेको ४.०५ प्रतिशत नगद लाभांश सहित १४.८४ प्रतिशत लाभांश प्रस्ताव पारित गर्ने एजेन्डा तय गरेको छ ।
त्यस्तै, बैंकको साधारणसभाले सञ्चालक समितिका सबै सदस्यहरु परिवर्तन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनले दिएको ५ देखि ७ जनाको सञ्चालक समितिको सीमामध्ये ७ जना सञ्चालकको प्रस्ताव गरेको बैंकले ६ जना सञ्चालकहरुको निर्वाचन साधारणसभाले गर्नेछ भने बाँकी एकजना स्वतन्त्र सञ्चालक नयाँ सञ्चालक समितिले नियुक्ति गर्नेछ ।
स्रोतका अनुसार ६ जना सञ्चालक चयनमा सहमति जुटेको छ । संस्थापकतर्फबाट इच्छाराज तामाङ्ग, अम्बीर बोगटी र प्रतापजंग पाण्डे सञ्चालक बन्ने सहमति संस्थापक सेयरधनीबीच भएको छ । त्यस्तै, सर्बसाधारण सेयरधनीको तर्फबाट प्रकाश दाहाल, शम्भुपन्त र डम्बर बहादुर मल्लका छोरा सञ्चालक बन्ने सहमति भएको छ । उक्त सहमति बैंकले सार्वजनिक गरेको छैन ।
७५ लाख कित्ता शेयर थपिँदै
बैंकले आर्थिक वर्ष २०७३र७४ को नाफाबाट १०.२५ प्रतिशत बोनस शेयरदिने प्रस्ताव यसअघि नै सञ्चालक समितिबाट पारित गरी नेपाल राष्ट्र बैंकको स्वीकृति समेत लिइसकेको छ ।
उक्त आर्थिक वर्षको अन्तिममा कायम रहेको ७ अर्ब ३० करोड ८३ लाख चुक्ता पुँजी बराबर ७ करोड ३० लाख ८३ हजार कित्ता शेयरको १०.२५ प्रतिशतले हुने ७४ लाख ९१ हजार कित्ता वितरण गर्ने निर्णय गरे पनि साधारणसभा नहुँदा उक्त शेयर वितरण भइको थिएन ।
साधारणसभाले उक्त प्रस्ताव पारित गरेसँगै उक्त शेयर शेयरधनीको खातामा आउँनेछ । सिभिल बैंकले भने साधारणसभाले पारित गर्नुअघि नै आफ्नो वित्तीय विवरणमा पुँजी वृद्धि गरेर चुक्ता पुँजी कायम गरिसकेको छ । त्यसैले साधारणसभाले पुँजी वृद्धि प्रस्ताव गरे पनि बैंकको वित्तीय विवरणमा पुँजी वृद्धि भएको देखिँनेछैन । बैंकले उक्त साधारणसभाका लागि बैशाख १० गते शेयरधनी किताब पुस्तिका बन्द हुनेछ ।
प्रतिक्रिया दिनुहोस्