स्वयम्भू र हनुमानढोकालाई पदमार्गले जोड्ने गुरुयोजना तयार, रुट यस्तो छ

काठमाडौं , बैशाख ३ । २२ सय मीटरको दूरीमा रहेको स्वयम्भू र हनुमानढोकालाई पदमार्गले जोड्ने भएको छ । विश्व सम्पदामा सूचीकृत स्वयम्भु र हनुमानढोका दरबार क्षेत्रलाई सम्पदा पदयात्राले जोड्ने गुरुयोजना तयार भएको छ।

काठमाडौं महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिले २२ सय मिटर दुरीमा रहेको दुवै सम्पदालाई जोड्ने गुरुयोजना तयार पारेको हो ।

उक्त गुरुयोजना विश्व सम्पदा दिवसको दिन आगामी बिहीबार सार्वजनिक गरिने समितिका संयोजक न्हुच्छेकाजी महर्जनले जानकारी दिए ।

बिहीबार गुरुयोजना सार्वजनिक गर्नु अघि स्वयम्भु भुईखेलदेखि हनुमानढोका दरबार क्षेत्रसम्म र्याली आयोजना गरिने समितिले जनाएको छ ।

सम्पदा पदयात्राले उक्त दूरीको क्षेत्रभित्र रहेका स्थानीय सांस्कृतिक सम्पदाहरुको प्रवर्द्धन, जनताको आयस्तरमा वृद्धि, आन्तरिक तथा बाह्य पर्यटनको विकास, सम्पदाको मुल्य मान्यताबारे जनचेतना अभिबृद्धि गर्ने लक्ष्य राखेको छ ।

सम्पदा पदयात्राका क्रममा २।२ किलोमिटर दूरीभित्र रहेका करिव २० वटा महत्वपूर्ण सम्पदास्थलको अवलोकन गर्न सकिन्छ ।

महानगरका बिभिन्न मूर्त तथा अमूर्त सम्पदाहरुको पहिचान, पुस्तान्तरण तथा सम्वर्द्धन कार्यमा यसले सहयोग पुर्याउने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्