अब आयल निगमले बोनस बाँड्न नपाउने

काठमाडौं, चैत ३० । नेपाल आयल निगमले कर्मचारीलाई बोनसका लागि विनियोजन गरेको तीन अर्ब १३ करोड रुपैयाँ बाँड्न नपाउने भएको छ ।

निगमले बोनस ऐनविपरीत रकम छुट्याएकाले रकम वितरण गर्न नमिल्ने भएको हो ।

महालेखा परीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार निगमले बोनस खातामा छुट्याएको रकम बोनस ऐन, २०३० विपरीत हो । उक्त रकम निगमको आयमा जम्मा गर्न महालेखाले निर्देशन दिएको छ ।

सरकारले गत चार आर्थिक वर्ष बोनस बाँड्न रोक लगाए पनि निगमले सो शीर्षकमा रकम छुट्याउँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्