प्राधिकरणमा कुलमानको सफलता : विद्युत् प्राधिकरणले गर्यो झण्डै ३ अर्ब कमाई

काठमाडौं, चैत २९ । नेपाल विद्युत प्राधिकरणले गएको आर्थिक वर्षमा २ अर्ब ८४ करोडभन्दा बढी रुपैयाँ नाफा गरेको छ ।

प्राधिकरणमा कुलमान घिसिङ कार्यकारी निर्देशक भएर आएपछि मुलुकमा लोडसेडिङ अन्त्यका साथै संस्थाको आर्थिक जीवनमा पनि सुधार देखिएको हो ।

महालेखापरीक्षक कार्यालयको लेखापरीक्षण प्रतिवेदनअनुसार कार्यकारी घिसिङको नेतृत्वमा प्राधिकरणले गत आर्थिक वर्ष २०७४र७५मा २ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको हो ।

गत वर्षको तुलनामा बिक्रीमा खुद नाफा र चालु सम्पत्तिमा दायित्व अनुपात बढेको तथा ऋणको अनुपात, कुल खर्चमा कर्मचारी खर्च अनुपात र वितरण नोक्सान घटेको भन्दै महालेखाले विगतको तुलनामा प्राधिकरणको वित्तीय अवस्था सुधारोन्मुख देखिएको जनाएको हो ।

घिसिङ आफैले आर्थिक वर्ष २०७४र७५मा १ अर्ब १ करोड रुपैयाँ नाफा आर्जन हुने प्रक्षेपण गरेकामा महालेखाको परीक्षणमा भने प्राधिकरणको खुद नाफा २ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ देखिएको हो ।

जगेडा तथा संचित कोषतर्फ भने २३ अर्ब ५९ करोड ७९ लाख रुपैयाँ ऋणात्मक आव २०७२र७३मा भने यो रकम २६ अर्ब ३३ करोड ४८ लाख रुपैयाँ ऋणात्मक थियो ।

८ अर्ब ८९ करोड खुद नोक्सानीमा रहेका बेलामा घिसिङ २०७३ भदौमा प्राधिकरणमा कार्यकारी निर्देशक बनेर गएका थिए ।

प्रशासनिक, वित्तीय सुधार र विद्युत चुहावट नियन्त्रण गर्दै घिसिङले आव २०७३र७४मै प्राधिकरणले १ अर्ब ४६ करोड ७३ लाख रुपैयाँ नाफा गर्न सकेको थियो ।

महालेखाका अनुसार प्राधिकरणको शेयर पूँजी १ खर्ब २ अर्ब ४४ करोड, दीर्घकालीन दायित्व १ खर्ब २० अर्ब ९५ करोड ४३ लाख र चालु दायित्व ८४ अर्ब ७७ करोड ८० लाख समेत कुल पुँजी तथा दायित्व २ खर्ब ८४ अर्ब ५७ करोड २१ लाख रुपैयाँ रहेको छ ।

महालेखाले विद्युत चुहावट २० दशमलव ४५ प्रतिशतमा झरेको पनि जनाएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा २ दशमलव४५ प्रतिशतले घटेको हो । अघिल्लो वर्ष २२ दशमलव ९० प्रतिशत विद्युत चुहावट थियो ।

प्रतिक्रिया दिनुहोस्