प्रत्येक नेपालीको थाप्लोमा ३१ हजार ऋण

काठमाडौँ, चैत २९ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार २०७४र७५ को वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएपछि शुक्रबार नै महालेखा परीक्षकको कार्यालय बबरमहलमा महालेखा परीक्षकको वार्षिक प्रतिवेदन सार्वजनिक गरिएको हो।

प्रतिवेदनका अनुसार यस वर्ष हरेक नेपालीको थाप्लोमा ७ हजार ४३ रुपैयाँ ऋण थपिएको छ। यसअघि हरेक नेपालीको थाप्लोमा २४ हजार ७ सय ७ रुपैयाँ ऋण रहेकामा यस वर्ष ३८ हजार ७ सय ९३ रुपैयाँ ऋण पुगेको हो।

प्रतिक्रिया दिनुहोस्