गुराँस लघुवित्तको २ लाख ५० हजार कित्ता आइपीओ आउने
जागरण न्युज
काठमाडौं, २७ चैत । गुराँस लघुवित्त वित्तीय संस्थाले आइपीओ जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
वित्तीय संस्थाले प्रतिकित्ता १०० रुपैयाँको दरले २ लाख ५० हजार कित्ता आइपीओ बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको हो । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ ।
गुराँस लघुवित्तको केन्द्रीय कार्यालय धनकुटा जिल्लामा रहेको छ । यसले पूर्वका १० जिल्लालाई आफ्नो कार्यक्षेत्र बनाएको छ । कम्पनीले २२ वटा शाखा कार्यालयबाट वित्तीय सेवा पुर्याउँदै आएको छ ।
लघुवित्तको अधिकृत पुँजी १० करोड रुपैयाँ र जारी पुँजी ७ करोड ७५ लाख रुपैयाँ छ । जारी पुँजीमध्ये ५ करोड २५ लाख रुपैयाँ संस्थापक सेयरधनीबाट चुक्ता भइसकेको छ । बाँकी पुँजी सर्वसाधारणलाई आइपीओ बेचेर पुर्याउन लागेको हो ।
प्रतिक्रिया दिनुहोस्